लक्ष्मी बैंक र गुडविल फाइनान्सको कतिमा भयो सेयरमूल्य समायोजन ?

Jun 18, 2017 merolagani

नेपाल स्टक एक्सचेञ्जमा लक्ष्मी बैंक (LBL)  र गुडविल फाइनान्स (GFCL) को सेयरमूल्य समायोजन भएको छ । लक्ष्मी बैंकको १८.२९ प्रतिशत बोनस तथा गुडविल फाइनान्सको ६० प्रतिशत हकप्रदपश्चातको सेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले लक्ष्मी बैंकको बोनस समायोजनपछि सेयरमूल्य प्रतिकित्ता ४१४ रुपैयाँ तोकेको छ । जसको आधारमूल्य भने प्रतिकित्ता ४३५ रुपैयाँ रहेको छ ।

शतप्रतिशत हकप्रद बिक्री गरेको लक्ष्मीले हकप्रदले समेत पाउनेगरी बोनस वितरण गर्न लागेको हो । बैंकले आगामी असार १३ गते साधारणसभा बोलाएको छ ।

त्यस्तै ६० प्रतिशत हकप्रद बिक्री गर्न लागेको गुडविल फाइनान्सको हकप्रदपछि सेयरमूल्य २२४ रुपैयाँ कायम भएको छ । जसको आधारमूल्य २६५ रहेको छ।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद असार १८ गतेदेखि निष्काशन गर्ने भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।