राजधानीमा २४ घण्टा नबित्दै दुई ठूला आगलागि, कुन-कुन ईन्स्योरेन्स कम्पनीलाई पर्यो भार ?

Jun 18, 2017 merolagani

राजधानीमा २४ घण्टा नबित्दै दुई ठूला  आगालागीका घटना हुँदा करोडौ रुपैयाँ बराबरको क्षति भएको छ ।शनिबार विहान काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटारमा रहेको ‘ओम कृषि फार्म’  र शनिबार राति भक्तपुर नगरपालिका–२ स्थित यति कार्पेट इन्डस्ट्रिजमा भीषण आगलागि भयो ।

यसरी आगालागी हुँदा सम्बन्धित उद्योग संचालकको ठुलो नोक्सानी भयो नै, बिमा कम्पनीहरुलाई समेत करोडौको भार थपिएको छ ।

कृषि फर्ममा विद्युत सर्ट भई आगलागी भएको र यति कार्पेटमा टान्फरर्मर पड्क्केर आगीलागी भएको प्रहरीको भनाई छ ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटारमा रहेको ‘ओम कृषि फार्म’ मा आगलागी हुँदा ४५ गाई मरेका थिए भने ७० गाई घाइते भएका थिए । 

युनाईटेड इन्स्योरेन्सले ओम कृषि फार्म’ को इन्स्योरेन्स गराएको बताएको छ । तर कति रकम बराबरको क्षतिको बीमा गरिएको थियो भन्ने बारे युनाईटेडले केही बताएको छैन ।  कृषि विमा गर्दा कुल प्रिमियमको ७५ प्रतिशत सरकार र २५ प्रतिशत कृषकले तिर्नुपर्ने प्रावधान छ ।

त्यस्तै भक्तपुरको सल्लाघारी नजिकैको इटापाखास्थित यति कार्पेट उद्योगको गोदाममा आगलागी हुदा सबै गोदाम नष्ट भएको महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएको छ । गएराति ११ः३० बजेबाट सुरु भएको आगलागी आइतबार बिहान ७ः३० बजे नियन्त्रणमा आएको थियो ।

उद्योगपति अनिल केडियाद्वारा सञ्चालित उक्त उद्योगमा भीषण आगलागीमा ठूलो क्षति भएको उद्योग पक्षले दावी गरेको छ  । आगलागीबाट एक अर्ब ५० करोडभन्दा बढीको सामग्री क्षति भएको प्रारम्भिक अनुमान गरिएको उद्योगका व्यवस्थापक धर्मेन्द्र यादवले जानकारी दिए ।

आगलागीबाट उद्योगकै दुई दुई सवारी साधन र पक्की भवन, जस्ताका पाँच टहरा र उद्योगसँगै जोडिएको सर्वसाधारणको एउटा पक्की भवन जलेर क्षतिग्रस्त भएको छ । सय जना मजदुर कार्यरत उद्योगमा राति ३५ जना कार्यरत भए पनि मानवीय क्षति भने नभएको यादवले बताए ।

कार्पेट जलेर नष्ट भएको अबस्था 

 व्यवस्थापक यादवले कम्पनीले नेशनल इन्स्योरेन्समा विमा गराएको जानकारी दिए । उनले विमा रकम बारे भने खुलाएनन् । 

 इन्स्योरेन्स गरेका कारण यी दुई घटनाका पिडितको जोखिम इन्स्योरेन्स कम्पनीहरुले लिने भएका छन ।

 अग्नि बीमा धेरै दावी पर्ने बीमा बर्गमा पर्दछ । अझैपनि ठुलो जनसंख्यामा विमा गराउनु पर्छ भन्ने जानकारी नहुँदा यस्ता ठूला  घटना  भएमा उद्योगी ब्यवसायीले मात्रै ब्यहानेुपर्छ । तर बीमा गराईएको छ भन्ने निहुँमा नियोजित घटना गराएर क्षतिपुर्ति लिने प्रयास भएमा बीमा कम्पनी र नियमनकारीहरु उत्तिकै सतर्क हुनु जरुरी छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।