क्रिकेटमा भारतले हारेर पाकिस्तानले जित्दा नेपालीले किन मनाए यत्ति धेरै खुशियाली ?

Jun 19, 2017 Merolagani

तिलक कोइराला
पाकिस्तान भन्दा भारत नेपालका लागि धेरै हिसाबले नजिकको मित्र हुनुपर्ने हो । धर्म, संस्कृति, परम्परागत सम्बन्ध सबै कुराले नेपाल र भारतको सम्बन्ध धेरै निकट हुनुपर्छ तर भारतीय शासक, कर्मचारीतन्त्र, नेपालमा खटाईएका कर्मचारी, नेपालको सिमा मिच्ने ब्यवहार र समग्र रुपमा नेपालप्रतिको हेपाहा प्रबृत्तिले अधिकांश नेपालीहरुमा भारतप्रति घृणा देखिन्छ । अझ दुई बर्ष अगाडिको नाकाबन्दीको पीडालाई त नेपालीहरुले संभवतः कहिल्यै बिर्सने छैनन् ।

भारतप्रति नेपालीहरुको घृणा यसपटक भारत र पाकिस्तानबीचको क्रिकेट प्रतियोगितामा गतिलो ढंगले प्रदर्शन भयो । अधिकांश नेपालीहरुले सामाजिक संजालमा पाकिस्तानको पक्ष लिँदै भारत हारोस भन्ने कामना गरे । आईतबार खेल हेरेर सामाजिक संजालमा आफ्ना प्रतिक्रिया राख्नेहरु मध्ये धेरै नेपाली खुलेरै पाकिस्तानको पक्षमा उभिएका थिए ।जब भारतले १८० रनले हार्यो, नेपालीहरुले आफ्नै देशले जितेको जस्तो गरी हुर्रे.. भन्दै खुशियाली मनाए ।

आफ्नो निकट छिेमकीप्रति नेपालीहरु किन यत्ति धेरै रुष्ट भए भन्ने कुरा भारतले बुझेको छैन र बुझने ईच्छा पनि देखाउने छैन । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेर प्रधानमन्त्रीको निर्वाचनदेखि संबिधान जारी गर्नेसम्म र मन्त्री नियुक्तिदेखि कर्मचारी भर्नासम्मका गतिबिधिहरुमा चासो राख्ने र भारतीय राजदुत नेपालका राजनीतिक नेता जस्तै बनेर दिनदिनै राजनीतिक भेटघाट गर्दै हिड्ने गरेको कुरा नेपाली जनताले पटक्कै मन पराएका छैनन् ।

अमेरिकाबाट पुराना पत्रकार राजेश मिश्रले लेखे-  क्रिकेट नामको खेलप्रति कुनै अभिरुचि नै नभएको नेपालीहरुको एउटा ठूलो समूह अहिले किन भारतको लज्जास्पद हारमा हर्षोल्लासको दुन्दुभि बजाउंदैछ ? सामाजिक संजालमा प्रकट भएको यो अभिव्यक्ति पाकिस्तान प्रतिको प्रेम भन्दा भारतीय संस्थापन प्रतिको आक्रोश हो। लैनचौरका भारतीय कर्मचारीले यसको संकेत पक्कै बुझ्नेछन। तर शेरबहादुर प्रचण्ड एण्ड कम्पनीले यो कुरा बुझ्न किन नसकेको होला ? भारतको हस्तक्षेपवादी नीति छताछुल्ल भैसक्यो। नेपालको भारत नीति लम्पसारवाद भन्दा माथि उठ्न सकेन। सामाजिक संजालको हर्षबढाईं भारतपरस्त नेपाली गठबन्धन सरकारका नाममा जनताबाट प्रेषित सार्वजनिक बिज्ञप्ति हो।

पत्रकार अनिल गिरी लेख्छन् - भारत सधै हारोस्। एक अर्ब जनसंख्या छ खेल्न चाही क्रिकेट बाहेक केही सक्दैन त्योपनि जित्दैन। यस्ता नाथेलाई कट्टी ।


कोरियाली मोडलको नयाँ गाउँ बिकास अभियानलाई नेपालमा लागु गर्दै गरेका डा. नबराज पन्तले पाकिस्तानले १८० रनले जितेको खुशियाली बाँड्दै फेसबुकमा पोष्ट गर्दा टिकाराम अधिकारीले प्रंतिक्रिया दिए - भारतलार्इ पाकिस्तानले धुल चटाएकोमा पाकिस्तानलार्इ धेरै धेरै बधाई छ।

नेपालको मामिलालाई भारतको राजनीतिक नेतृत्वले सम्हाल्न नसकी खुफिया एजेन्सी र कर्मचारी मातहतमा छाड्दा जनस्तरको सम्बन्धमा पनि ठूलो दरार आईसकेको छ । राजनीतिकस्तरमा त भारतको हेपाहा प्रबृत्ति बिरुद्ध नेपालका दलहरुले खुलेआम अभियान चलाउँदै आएका छन् यद्यपी सत्तामा पुगेपछि उनीहरुले त्यसलाई बिर्सने प्रृबत्ति छ ।

नेपालसँगको सम्बन्ध सुधारमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ध्यान दिने हो भने यसपटकको क्रिकेट प्रतिस्पर्धामा पाकिस्तानसँग उनका खेलाडीहरु लज्जास्पद रुपमा पराजित हुँदा नेपाली दर्शक र खेलप्रेमीहरुले बजाएको तालीबाट पाठ सिकुन । नेपाली युवा र खेलाडीहरु उनको देशप्रति किन यत्ति धेरै घृणा ओकलीरहेका छन् भन्ने कुराको आत्मसमीक्षा गरुन् र नेपालसँगको सम्बन्ध तत्काल सुधारुन् ।

भारतले त यसबाट पाठ सिक्नैपर्छ, साथै उसको गुलामी गरेर नेपालको राजनीति हाक्ने, सत्ताको चास्नीमा डुबुल्की लाईरहने राजनीतिज्ञ, कर्मचारीतन्त्र र पत्रकारहरुले त यसको संदेश झन् राम्रोसँग मनन् गर्नु जरुरी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।