बैंकहरुले मुद्धतीको ब्याज दर घटाउँदै गर्दा कस्तो छ तरलताको अबस्था ?

Jun 21, 2017 merolagani



बेंक तथा बित्तीय संस्थाहरुले आफुसँग लगानीयोग्य रकम बढ्दै गएर पूँँजी कर्जा निक्षेप अनुपात अर्थात सीसीडी ८० प्रतिशत भन्दा तल ल्याउन सफल भएपछि धमाधम मुद्धती खाताको ब्याज दर घटाउन थालेका छन् । यस बेला समग्र बित्त बजारमा तरलाताको अबस्था चाँही कस्तो छ त ? 



नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंकिङ क्षेत्रमा ६५ अर्ब रुपैयाँ बराबरको तरलता रहेको छ । राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले पछिल्लो दिनहरुमा तरलताको अवस्थामा केही सुधार आएको बताए । केहिदिन अगाडि ६२/६३ अर्ब हाराहारीमा रहेको तरलता अहिले ६५ अर्बको हाराहारीमा पुगिसकेको छ । यो अनिवार्य तरलता मौज्दात (सिआरआर) वाहेक हो, पौडेलले भने ।

बैंकहरुमा लगानीयोग्य रकमको चरम अभाव भएर हाहाकार मच्चिएको बेला केही समय अघि बित्त बजारमा तरलताको अबस्था १० अर्ब हाराहारीमा खुम्चिएको थियो । 

चालु आर्थिक वर्षको सुरुवातमा बैंक तथा वित्तीय संस्थाहरु अधिक तरलताको समस्यामा थिए । तर बर्षको मध्यमा निक्षेप संकलनको तुलनामा कर्जाको वृद्धिदर उच्च भएपछि बैकिङ क्षेत्रमा लगानी योग्य रकमको अभाव देखिएको थियो । जसकारण निक्षेप बढाउने चाप परेपछि बैंकहरुबीच ब्याजदर बढाउने प्रतिस्पर्धा चलेको थियो ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले पछिल्लो समयमा बैंक तथा वित्तीय क्षेत्रमा तरलताको अवस्था सुधारउन्मुख रहेको बताए । आर्थिक बर्षको अन्तिम महिना असारमा कर्जा प्रवाह कम हुने र निक्षेप बढ्ने भएकाले पनि तरलताको स्थितिमा सुधार आएको उनले बताए ।

साथै बैंकहरुले मुद्यति निक्षेपको ब्याजदर समेत घटाउदै लगेको उनले उल्लेख गरे । निक्षेप बढेपछि बैंकहरुले नयाँ कर्जामा समेत केही ब्याजदर खुकुलो बनाउन थालेको दाहालको भनाई छ ।

अहिले तरलताको अवस्था सहज हुन थालेपछि बैंकहरुलाई ब्याजदर घटाउने दबाब परेको छ ।

बैंकहरुबीच सुरु भयो ब्याज दर घटाउने तीब्र प्रतिस्पर्धा, हेर्नुहोस, कसले कति घटाए ?

निक्षेप संकलन र कर्जा विस्तारबीच तालमेल नमिल्दा बैंकिङ क्षेत्रमा तरलताको समस्या उत्पन्न हुने गर्छ । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले रिभर्स रिपो, निक्षेप बोलकबोल लगायतका मौद्रिक उपकरण जारी गर्दै आएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले मनपरी ढ्रंगले व्याजदर वृद्धि गरेपछि राष्ट्र बैंकले स्प्रेड दरमा समेत  कडाई गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कर्जा निक्षेपबीचको अन्तर अर्थात स्प्रेड दर घटाउने तयारी गरेको हो । हाल स्प्रेड रेट पाँच प्रतिशत रहेको छ ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।