सिटिजन्स बैंक र राम्रो रेमिटले गरे रेमिट्यान्स भित्र्याउने सम्झौता

Jun 21, 2017 merolagani

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र राम्रो रेमिट प्रालिले बीच विश्वका विभिन्न स्थानहरुवाट नेपाल पठाउने पैसा (रेमिट्यान्स) भित्र्याउने सम्झौता भएको छ । सम्झौतापत्रमा सिटिजन्स्का प्रमुख सञ्चालन अधिकृत पारस कुमार काफ्ले र राम्रो रेमिटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता सँगै विश्वका विभिन्न स्थानहरुमा रहेका नेपाली कामदारहरुले राम्रो रेमिट मार्फत कमाएको पैसा (विप्रेषण) उनीहरुका परिवारहरुले सिटिजन्स बैंकका सम्पूर्ण शाखाहरुबाट छिटो, छरितो तथा भरपर्दो रुपमा भुक्तानी पाउन सहज भएको छ ।

 

यसअघि बैंकले स्वदेशका विभिन्न विप्रेषण कम्पनीहरुसँग सहकार्य गरि आफ्नो सम्पूर्ण शाखाहरुबाट वेस्टन यूनियन, मनिग्राम, आई.एम.ई, प्रभु मनि, हिमाल रेमिट, सिटी एक्सप्रेस, रिलायबल रेमिट, जे.एम.ई, नेपाल रेमिट, इजिलिङ्क, बेष्ट रेमिट, पृथ्वी एक्सप्रेस, संम्सारा, सेवा एक्सप्रेस, सिजि मनि, आइपे रिलायबल, बुम रेमिट, ओभरसिज रेमिट र सीजि फिन्कोबाट आएको विप्रेषण रकमको भुक्तानी गर्दै आइरहेको छ ।

निकट भविष्यमा पनि अन्य विभिन्न मुलुकमा रहेको विभिन्न विप्रेषण कम्पनीहरुसंग सम्झौता गरि विप्रेषण (रेमिट्यान्स) सेवालाई विस्तार गर्दै लैजाने योजना बैंकले लिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।