रैराङ हाइड्रोको आइपीओमा आवेदन गर्ने विहीबार अन्तिम दिन

Jun 22, 2017 merolagani

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ले आयोजना प्रभावित पाँचथर र ताप्लेजुङका स्थानीयबासीका लागि निष्काशन गरेको साधारण सेयरमा आवेदन गर्ने विहीबार अन्तिम दिन हो । कम्पनीले गत जेठ २५ गतेदेखि स्थानियका लागि एक सय रुपैयाँ अंकित दरको पाँच लाख ६० हजार कित्ता आइपीओ जारी गरेको थियो ।

रैराङले जारी गरेको पाँच लाख ६० हजार कित्ता साधारण सेयर मध्ये दुई लाख २४ हजार कित्ता सेयर आयोजनाबाट प्रत्यक्ष प्रभावित हुने पाँचथरको थर्पु र ताप्लेजुङको साब्लाखु गाविसका स्थानीयलाई छुट्याईएको छ । त्यस्तै तीन लाख ३६ हजार कित्ता सेयरमा भने पाँचथर र ताप्लेजुङका सबै सर्वसाधारणले आवेदन दिन पाउनेछन् । 

स्थानीय बासीन्दाले साधारण सेयरमा न्यूनतम ५० कित्तादेखि अधिकतम २८ सय कित्तासम्म आवेदन गर्न पाउनेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एस क्यापिटल लिमिटेड रहेको छ । आईपीओमा सिभिल बैंकको पाँचथरको साविक थर्पु गाविसको मेदिबुङ बजार र फिदिम शाखा बाट आवेदन गर्न सक्नेछन् ।

त्यस्तै माछापुच्छ्रे बैंकको फिदिम शाखा, एनआइसी एशिया बैंकको फिदिम शाखा, एनएमबि बैंकको फिदिम शाखा र ताप्लेजुङको फुङलिङ शाखाबाट समेत आईपीओमा आवेदन गर्न सक्नेछन् ।

हाल कम्पनीको जारी पुँजी ५६ करोड रुपैयाँ रहेको छ भने संस्थापक सेयरधनीको स्वामित्व ७५ प्रतिशत रहेको छ । कम्पनीले स्थानीयका लागि जारी गरिएको आईपीओ बाँडफाँडपछि दोस्रो चरणमा १५ प्रतिशत बराबरको ८ लाख ४० हजार कित्ता सेयर कर्मचारी र सर्वसाधारणलाई लागि बिक्री गर्नेछ ।

रैराङले निर्माण गरीरहेको पाँचथर र ताप्लेजुङको सिमा क्षेत्रमा ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजनाबाट आगामी माघसम्ममा विद्युत उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ ।

इवाखोला जलविद्युत आयोजनामा २५ प्रतिशत बराबरको १४ लाख कित्ता सेयर रिडी हाइड्रोपावरको नाममा रहेको छ । रैराङ हाइड्रोपावरले यसअघि धादिङमा ५०० किलोवाट क्षमताको जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विद्युत्त उत्पादन गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।