भार्गव विकास बैंकले फेरि हकप्रद बिक्री गर्ने,एनएमबि क्यापिटल बिक्री प्रबन्धक

Jun 22, 2017 merolagani

भार्गव विकास बैंक लिमिटेड (BHBL) ले राष्ट्र बैंकले तोकेको चुक्तापूँजी पुर्याउने क्रममा ८० प्रतिशत हकप्रद सेयर निष्काशनको प्रक्रिया अगाडि बढाएको छ । जसका लागि बैंकले एनएमबि क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक छनौट गरेको छ ।

सेयर निष्काशन सम्बन्धि सम्झौतामा भार्गव विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशी तथा एनएमबि क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरे ।

नेपालगन्ज बाँकेमा रहेको भार्गवले २१ करोड १२ लाख रुपैयाँ बराबरका २१ लाख १२ हजार कित्ता हकप्रद शेयर निष्काशन गने भएको हो । गत फागुनमा शतप्रतिशत हकप्रद हकप्रद बिक्री गरेको बैंकले लगानीकर्तालाई थप हकप्रदको भार बोकाउने भएको छ ।

शतप्रतिशत हकप्रद बिक्री गरेर बैंकले चुक्ता पूँजी २६ करोड ४० रुपैँया पुर्याएको छ । अब ८० प्रतिशत हकप्रद बिक्री गर्दा बैंकको पूँजी ४७ करोड ५२ लाख रुपैयाँ पुग्नेछ । तीन जिल्ले बैंकले असार मसान्तसम्ममा ५० करोड पूँजी पूर्याउने पर्ने हुन्छ । अपुग पूँजी बैकले चालु आर्थिक बर्षको बोनसबाट पुर्याउने योजना बनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।