एसबिआई बैंक लगायत तीन कम्पनीको हकप्रद भर्ने आज अन्तिम

Jun 25, 2017 merolagani

राष्ट्र बैंकले तोकेको चुक्तापूँजी पूर्याउने अभियान अनुरुप एक वाणिज्य बैंक सहित तीन कम्पनीको हकप्रद सेयरमा आवेदन गर्ने आज अन्तिम दिन परेको छ । नेपाल एसबिआई बैंक (SBI), हाम्रो विकास बैंक(HAMRO)  र गोर्खाज फाइनान्स (GUFL) ले निष्कासन गरेको हकप्रद सेयरमा आइतबार बैकिङ समयभित्र आवेदन गरिसक्नुपर्नेछ ।

एसबिआई बैंकले जेठ ७ गतेबाट एक अर्ब ९९ करोड १९ लाख ४२ हजार ३६० रुपैँयाको एक करोड ९९ लाख १९ हजार चार सय २३ दशमलव ६० कित्ता हकप्रद बिक्री खोलेको हो ।

एसबिआईको हकप्रदमा गत बैशाख २५ गते सोमबारसम्म कायम बैंकका सेयरधनीले मात्र आवेदन गर्न पाउनेछन ।

बैंकको हकप्रद निष्काशनका एनएमबि क्यापिटलले बिक्री प्रवन्धकको काम गरेको छ । एसबिआई बैंकका सबै शाखा कार्यालयहरु, एसबिआई मर्चेन्ट बैकिंग लिमिटेड हात्तिसार, र एनएमबि क्यापिटल नागपोखरीबाट आवेदन फारम बुझाउन सक्नेछन् ।

४० प्रतिशत हकप्रद पश्चात बैंकको पूँजी झण्डै ७ अर्ब रुपैयाँ पुग्नेछ ।

यस्तै हाम्रो विकास बैंक र गोर्खाज फाइनान्स कम्पनीले जारी गरिरहेको हकप्रद भर्ने पनि आजै अन्तिम दिन हो ।

हाम्रो विकास बैंकले गत जेठ ७ गतेदेखि चुक्ता पूँजीको दुई सय प्रतिशत अर्थात ३० लाख ५८ हजार ३३८ कित्ता तथा गोर्खाज फाइनान्स कम्पनीले गत जेठ १ गतेदेखि ५० प्रतिशत बराबरको २८ लाख ९३ हजार ३१३ कित्ता हकप्रद जारी गरेको हो ।

दुबैको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल रहेको छ ।

हाम्रोको हकप्रदमा बैशाख १० गतेसम्म सेयर किनेका लगानीकर्ताले विक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स,लाजिम्पाट, नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु विराटनगर, चिप्लेढुङ्गा पोखरा,वीरगञ्ज, नारायणगढ, नेपालगञ्ज र धनगढी र हाम्रो विकास बैंकको सबै शाखाबाट आवेदन गर्न सक्नेछन् ।

गोर्खाजको हकप्रदमा बैशाख १९ गतेसम्म कायम रहेका सेयरधनीले फाइनान्सको शाखाहरु डिल्लीबजार, बौद्ध, न्यूरोड, सातदोबाटो, सुर्य्विनायक, धरान, इटहरी, दमक, विर्तामोड,नारायणगढ, जनागल, र रवि (पाँचथर) शाखा तथा एनआइबीएल क्यापिटल मार्केट्स,लाजिम्पाटबाट हकप्रद भर्न सक्नेछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।