यतीलाई गाभेर महालक्ष्मी बन्यो सबैभन्दा ठुलो विकास बैंक, एकीकृत कारोबार थाल्यो

Jul 02, 2017 merolagani

यती डेभलपमेन्ट बैंकलाई गाभेर चुक्तापूँजीको आधारमा सबैभन्दा ठुलो विकास बैंक बनेको महालक्ष्मी विकास बैंक (MLBL) ले आइतबार एकिकृत कारोबार सुरु गरेको छ । एकीकृत कारोबारको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवि नेपालले शुभारम्भ गरे ।



दुबै विकास बैंक गाभिए पश्चात महालक्ष्मी विकास बैंकको चुक्तापुँजी २ अर्ब ६३ करोड पुगेको छ । राष्ट्र बैंकले विकास बैंकको लागी चुक्त पुँजी २ अर्ब ५० करोड तोकेको छ ।

मर्जर पछि बनेको बैंकको निक्षेप २४ अर्ब २१ करोड, कर्जा २० अर्ब २६ करोड, शाखा सञ्जाल ६५ पुगेको छ भने, ग्राहक संख्या ३ लाख ६४ हजार पुगेको छ ।

केही समय अघि मात्र महालक्ष्मी फाइनान्स, मालिका विकास बैंक र सिद्धार्थ फाइनान्स एक आपसमा मर्ज भई महालक्ष्मी विकास बैंकको जन्म भएको थियो ।

पूँजी वृद्धिको अवधि सकिनै लाग्दा महालक्ष्मीले तीन वर्ष पहिले मनकामना विकास बैंक, यति फाइनान्स र भ्याली फाइनान्स मर्ज भएर बनेको यति डेभलपमेण्ट बैंकको साथ लिएको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।