एकपछि अर्को हकप्रद र प्राप्तिबाटै आठ अर्ब पुग्ने भएपछि सेन्चुरीले कस्तो देला लाभांश ?

Jul 03, 2017 merolagani

एकपछि अर्को हकप्रद र संस्था प्राप्तिबाटै आठ अर्ब चुक्ता पूँजीको सिमा पार गर्न लागेको सेन्चुरी कमर्शियल बैंकबाट चालु आर्थिक बर्षको कमाईबाट कस्तो लाभांश पाउने आशा गर्ने ? यो प्रश्न सेन्चुरीका धेरै लगानीकर्ताको हुनसक्छ । तर बैंकका संचालकहरु भने त्यस्तो चिन्ता लिनु नै बेकार हो भन्ने तर्क गर्छन । 

 

सेञ्चुरी बैंकले चालु आर्थिक बर्षमा दुई अंकको बोनस तथा नगद लाभांश समेत बाँड्ने घोषणा गरेको छ । सेञ्चुरी बैंकको अध्यक्ष राजेश कुमार श्रेष्ठले आईतबार सम्पन्न भएको विशेष साधारणसभामा सो घोषणा गरेका हुन् ।

केही समय अघि मात्र सेञ्चुरीले अरनिको र इनोभेटिभ बैंकलाई प्राप्ती गरिसकेको छ भने आईतबार सगरमाथा फाईनान्सलाई १००:९५ अनुपातमा प्राप्ती गर्ने प्रस्ताव पारित गरेको हो । सेञ्चुरीले अल्पाईन डेभलपमेन्ट बैंक र सेती फाईनान्स समेत एक्वार गर्देछ । यसरी बैंकले पाँच संस्थालाई एक्वायर तथा ४० प्रतिशत हकप्रद विक्रीबाट सहज रुपमै आठ अर्ब चुक्ता पूँजी पुर्याउने भएको हो । 

हाल सेञ्चुरी बैंकको चुक्ता पूँजी चार अर्ब ७१ करोड रुपैयाँ रहेको छ । केही समय अघि प्राप्ती गरेको अरनिको र इनोभेटिभ बैंकको सेयरधनीले समेत पाउनेगरी बैंकले एक अर्ब ८८ करोड रुपैयाँबराबरको हकप्रद विक्री गरेपछि बैकको चुक्ता पूँजी ६ अर्ब ५९ करोड रुपैयाँ पुग्नेछ । सेञ्चुरीले सगरमाथालाई प्राप्ती गर्दा ७४ करोड ७० लाख रुपैयाँ पूँजीवृद्धि थप हुनेछ । सगरमाथा फाईनान्सलाई प्राप्ती गरेपछि सेञ्चुरीको चुक्ता पूँजी ७ अर्ब ३४ करोड रुपैयाँ पुग्नेछ ।

सेञ्चुरीले ४४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको अल्पाईन डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्दा सात अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ । बैंकले प्राप्ती सम्झौता गरिसकेको १५ करोड ८६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको सेती फाईनान्स कम्पनीलाई आफुमा समाहित गर्दा बैंकको चुक्ता पूँजी ७ अर्ब ९० करोड हाराहारीमा पुग्ने देखिन्छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।