नेपाल बैंकको लिलामको सेयर एशियन र नेपाल लाईफले उठाएपछि अरु भए जिल्ल

Jul 04, 2017 Merolagani

नेपाल बैंक(NBL)ले हकप्रदमा नबिकेको एक लाख ८९ हजार कित्ता साधारण  सेयर लिलाममा निकालेकोमा एशियन र नेपाल लाईफले बजार मूल्यकै हाराहारीमा गएर धेरै कित्ता उठाएपछि आबेदन गर्ने धेरै कम्पनी र सर्बसाधारण जिल्ल परेका छन् ।

नेपाल बैंकको एक लाख ८९ हजार ६२५ कित्ता सेयरको लिलाममा आएका आबेदन मंगलबार खोलिएको थियो । सो सेयर किन्न एशियन लाईफ(ALICL)ले प्रतिकित्ता ३२२ रुपैयाँ ७५ पैसामा ९२ हजार कित्ता र नेपाल लाईफ(NLIC)ले प्रतिकित्ता ३२१ रुपैयाँ ५१ पैसामा एक लाख ८७ हजार कित्ता कबुलेपछि धेरै आबेदकले सेयर पाएनन् । नेपाल लाईफले पनि  मागे जत्ति सबै सेयर भने पाएन ।   लिलाममा कुल एक हजार ६० आबेदकले भाग लिएकोमा ३२१ रुपैयाँ ५१ भन्दा माथि कबुल्ने केही सर्बसाधारण र संस्थाहरुले मात्र सेयर पाए ।

 नेपाल बैंकको सेयर लिलाम बोलपत्र खोल्दै सिभिल क्यापिटलका कर्मचारी 

नेपाल बैंकको सेयर मूल्य दोस्रो बजारमा सोमबार प्रतिकित्ता ३३० रुपैयाँ हाराहारीमा कारोबार भएकोमा आबेदक शेरबहादुर सौर्य श्रेष्ठले भने प्रतिकित्ता ५५० रुपैयाँ कबुलेर लिलाम सकारेका छन् । त्यस्तै माधव प्रधान र सरोजलाल श्रेष्ठले प्रतिकित्ता ३४१ रुपैयाँमा लिलाम सकारेका छन् । त्यस्तै सरोजा रंजितले दोस्रो बजारमै पाईने मूल्य ३३० रुपैयाँमा थोरै कित्ता सेयर लिलाम सकारेकी छन् । मेरोलगानीले लिलाममा उच्च मूल्य कबुल्नेहरुको नाम सार्वजनिक गर्ने यसअघिका समाचारहरुमा उल्लेख गरेको थियो । 

 दोस्रो बजारमै सस्तोमा सेयर पाईरहेको अबस्थामा लिलामको सेयर उच्च मूल्य राखेर सकार्ने नयाँ प्रृबत्ति हावी भएको छ । लिलामको सेयर सुचिकृत हुन समय लाग्ने र त्यसबेलासम्म मूल्यमा हुने उतार चढावलाई आँकलन गर्ने हो भने धेरै मूल्य हाल्नु जोखिमपूर्ण छ तर नेपाल लाईफ र एशियन लाईफ जस्ता कम्पनीहरुले नै उच्च मूल्य हालेर लिलाम सकार्नुलाई रोचक मानिएको छ । दोस्रो बजारमा एकैचौटी धेरैै कित्ता सेयर किन्न नसकिने र ब्रोकर कमिशन पनि तिर्नुपर्ने हुँदा दोस्रो बजार मूल्य हाराहारीमा लिलामको सेयर सकार्नेहरु सक्रिय भएको बुझ्न सकिन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।