एन.आई.सी एशिया बैंक पुग्यो कालिकोट

Jul 06, 2017 merolagani

एन.आई.सी एशिया बैंकले ग्रामिण क्षेत्रमा बैंकिङ्ग सेवा विस्तार गर्दे लैजाने लक्ष्य अनुरुप कालिकोटको मान्मामा विहीबार नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

एनआईसी एशियाको खडाचक्र नगरपालिका, वार्ड नं. १, मान्माको नयाँ शाखाको उद्धाटन नगरपालिकाका मेयर जसि पाण्डे र कालिकोट उद्योग बाणिज्य संघका अध्यक्ष सुर्य बहादुर शाहीले संयुक्त रुपमा गरेका हुन् ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा निजी क्षेत्रको अग्रणी बैंकको रुपमा सेवा प्रदान गर्दे आएको एनआईसीको ११७ शाखा कार्यालयहरु संचालनमा रहेको छ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।