सिटिजन्स बैंकको लिलामी सेयरको ठुलो हिस्सा सकार्ने संस्था चिन्नुहोस्, कति कायम भयो न्युनतम मूल्य ?

Jul 07, 2017 Merolagani

सिटिजन्स बैंकले लिलाममा राखेको सेयरको ठुलो हिस्सा लाइफ इन्स्योरेन्स कर्पोरेशन र जगदम्बा स्टील्सले आफ्नो नाममा पारेका छन् । गत असार १५ गतेदेखि लिलामीमा रािखएको सेयरको बोलपत्र शुक्रबार बैंकको सेयर विक्री प्रबन्धक सानीमा क्यापिटलमा खुला गरिएको हो । बोलकबोलको प्रारम्कि तथ्यांक मात्र आएको छ ।

प्रारम्भिक तथ्याङ्क अनुसार संस्थापक सेयरका लागि न्युनतम १७८ रुपैयाँ र साधारण सेयरका लागि न्युनतम ३६२ रुपैयाँ बोलकबोल गरेका लगानीकर्ताले सेयर पाएका छन् । यो अन्तिम नतिजा हैन । यसमा केही परिमार्जन हुन सक्छ । 

बैंकको सर्वसाधारण समूहतर्फको चार लाख २० हजार चार सय ९० कित्ता साधारण सेयर मध्ये लाइफ इन्स्योरेन्सले मात्र ३७६ रुपैंया २१ पैसाको दरमा एक लाख कित्ता सेयर खरिद गरेको छ । बिहीबार अन्तिम पटक ३९० रुपैंया प्रतिकित्ताको दरमा सिटिजन्सको सेयर कारोबार भएको थियो ।

जगदम्बा स्टील्सले पनि बैंकको ५४ हजार ६४० कित्ता सेयर ३६६ रुपैंयाको दरले आफ्नो हातमा लिएको छ । बैंकको साधारण सेयरका लागि कुल २२३२ जनाले आवेदन पेश गरेका थिए । जसमध्ये २१५ जना बोलपत्रदाताले साधारण सेयर प्राप्त गरेका छन् । साधारण सेयरमा अधिकतम ४१० रुपैयाँसम्मको आवेदन परेको छ । बजार मूल्य भन्दा १० रुपैंयासम्म बढी मूल्य कबोल्ने व्यक्तिको विबरण सहित अन्तिम नतिजाको खबर फेरी प्रकाशित गरिने छ ।

त्यस्तै संस्थापक समूहतर्फको एक लाख ९९ हजार तीन सय १३ कित्ता सेयरको लागि ६५ जनाले आवेदन गरेकोमा ८ जना बोलपत्रदाताले सेयर प्राप्त गरेका छन् । संस्थापक समुहको सेयरमा अधिकतम ३५० रुपैयाँसम्मको आवेदन परेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।