आठ अर्ब चुक्ता पूँजी पुर्याउने दोस्रो बैंक : ग्लोबल आईएमई, रिलायबल गाभियो

Jul 10, 2017 Merolagani

नेपाल राष्ट्र बैंकले ताकेको पूँजी पुर्याउने क्रममा ग्लोबल आईएमई बैंक दोस्रो बनेको छ । यस अघि नेपाल इन्भेष्टमेण्ट बैंकले पहिलो पटक चुक्ता पूँजी आठ अर्ब नघाएकोमा ग्लोबल आईएमईले मर्जर तथा एक्विजिशनबाट आफ्नो पूँजी आठ अर्ब नघाएको हो ।

बैंकले आइतबारबाट रिलायबल डेभलपमेण्ट बैंकलाई आफुमा विलय गरेर एकीकृत कारोबार सुरु गरेको हो । एक कार्यक्रमका बिच अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैंकको एकीकृत वित्तीय कारोबार सुरु गरेका हुन् ।

कार्यक्रममा मन्त्री कार्कीले उत्पादनशिल क्षेत्रमा लगानी बढाएर रोजगारी तथा आय आर्जन बढाउन बैंकहरुलाई आग्रह गरे । सरकार एक्लैले मात्र आर्थिक कृयाकलापलाई तिब्र बनाउन नसक्ने भन्दै उनले सबै स्थानीय तहमा अनिवार्य रुपमा शाखा बिस्तार गर्न वाणिज्य बैंकहरुलाई निर्देशन समेत दिए ।

बैंकले १० वटा मर्जर तथा विलय गरी चुक्ता पूँजी आठ अर्ब आठ करोड रुपैंया पुर्याएको हो । यस क्रममा आईएमई फाइनान्सियल इन्स्टिच्युटबाट वित्तीय सेवा सुरु गरेको बैंकले लर्ड बुद्ध फाइनान्स, गुल्मी विकास बैंक, सोसियल डेभलपमेण्ट बैंक, कमर्ज एण्ड ट्रष्ट बैंक, प्यासिफक डेभलपमेण्ट बैंक लगायतका संस्थासँग मर्जर तथा विलय गरेको थियो ।

बैंकले ११२ वटा शाखा, ११४ वटा एटीएम सञ्जाल, पाँच वटा एक्सटेन्सन काउण्टर तथा ४६ वटा शाखारहित बैंकिंङ सेवाबाट वित्तीय सेवा प्रदान गर्नेछ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।