नेशनल हाइड्रोको सेयर कारोबार खुल्यो

Jul 12, 2017 merolagani

नेशनल हाइड्रो (NHPC) को सेयर कारोबार बुधबारदेखि खुलेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल धितोपत्र बोर्डको पत्रको आधारमा कम्पनीको सेयर कारोबार खुला गरेको जनाएको छ ।

यसअघि बोर्डले नेप्सेलाई हाइड्रो सञ्चालक समितिको आधिकारिकताका सम्बन्धमा आवश्यक अनुसन्धान गर्न भन्दै असार ६ गते सेयर कारोबार रोक्का गर्न निर्देशन दिएको थियो ।

नेशनल हाईड्रो संचालक समितिले प्रबन्ध संचालक रामबहादुर तामाङ र संचालक प्रकाश रजौरेलाई सार्वजनिक सूचना मार्फत स्पष्टिकरण सोधेपछि नेशनल हाईड्रोको विबाद फेरि सुरु भएको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।