एन आई सी एशिया बैंकद्वारा वृक्षारोपण

Jul 13, 2017 merolagani

एन.आई.सी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो विभिन्न शाखाहरुमार्फत १६०० विरुवाहरु वृक्षारोपण गरेको छ । बुधबार बैंकको धरान शाखाद्वारा पुर्वाञ्चल क्याम्पसको परिसरमा एवं नेपालगंज शाखाद्वारा महेन्द्र बहुमुखि क्याम्पसको परिसरमा वृक्षरोपण गरेको हो ।

यस्तै एनआईसीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विहीबार समेत चन्द्रगढी शाखाद्वारा कृष्ण दिप्यान गुरुकुल वेद विद्याश्रममा वृक्षारोपण गरेर हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पु¥याएको बैंकले जनाएको छ । 

एन.आई.सी एशिया बैंकले देशभरी रहेका आफ्ना शाखाहरुको पहलमा देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदानहरुमा वृक्षारोपण गर्ने कायक्रम थालेको हो ।

साथै बैंकले संरक्षणका लागि उपयुक्त स्थान छनौट गरि सम्बन्धित संस्था वा समुदायको सहकार्यमा वृक्षारोपण गर्ने कार्यलाई आर्थिक वर्ष २०७३/७४ भित्र ७००० विरुवाहरुको वृक्षरोपण गर्ने लक्ष्य लिएको छ ।

बैंकले वृक्षारोपणबाट संस्थागत सामाजिक उत्तरदायित्व मार्फत वातावरणीय सन्तुलन र हरियाली कायम गर्न योगदान पु¥याउने विश्वास लिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।