सनराईज् बैंकद्धारा दुर्घटना बीमा रकम हस्तान्तरण

Jul 13, 2017 merolagani

सनराईज्  बैंकले बचतकर्ता सामुहिक दुर्घटना अन्र्तगत बीमा रकम भुक्तानी गरेको छ । झापाका हरि तिम्सिनाको सडक दुर्घटनामा परि निधन भएपछि बैंकका सुरुङ्गा शाखाका शाखा प्रबन्धक प्रमोद कुमार दासले पाँच लाख बराबरको चेक मृतकको हकवाला श्रीमती रीता पौडेललाई हस्तान्तरण गरेका छन् ।

सनराइज् बैंकले आफ्ना बचत खाताका ग्राहकहरुको सुविधाको निमित्त शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेड संगको सहकार्यमा “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” प्रदान गर्दै आएको छ । यस सुविधा अन्र्तगत दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी अशक्तता भएमा पाँच लाखमा नवढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणासम्म रकम प्रदान गरिने व्यबस्था रहेको छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।