यी दर्जन कम्पनीको सेयरमा तपाईको हकदाबी लाग्छ कि लाग्दैन ? दाबी समय ३३ दिन बाँकी

Jul 18, 2017 Merolagani

सेयरधनीको मृत्यु भएर नामसारीका लागि आवेदन परेका केही कम्पनीको सेयरमा दाबी लाग्ने भए पेश गर्न भन्दै सुचना आएको छ । सेयर प्रमाणपत्र हराएर नयाँ प्रमाणपत्र माग गरिएको भन्दै सिभिल क्यापिटलले आफुले सेयर रजिष्ट्रारको काम गरेका एक दर्जन कम्पनीको सेयर विबरण सहित ३५ दिने सूचना प्रकाशित गरेको हो ।

क्यापिटलले सेञ्चुरी कमर्शियल बैंक, नेपाल बैंक, प्राइम कमर्शियल बैंक, सिभिल बैंक, एनएलजी इन्स्योरेन्सका सेयरधनी तथा सेयर विबरण प्रकाशित गर्दै दाबी पर्ने भए आवश्यक प्रकृयामा आउन भनेको हो ।

क्यापिटलले कन्ट्री डेभलपमेण्ट बैंक, सिभिल लघुवित्त, रिलायबल माइक्रोफाइनान्स, किसान माइक्रोफाइनान्स, मिथिला लघुवित्त, हामा मर्चेण्ट एण्ड फाइनान्स र युनिक फाइनान्सको सेयर विबरण पनि निकालेको छ ।

क्यापिटलले आइतबार सूचना प्रकाशित गरी ३५ दिनभित्रमा दाबी नपरे आफुकोमा आएको निवेदकलाई सेयर बितरण गरिने प्रष्ट पारेको हो । तल दिइएको फोटेमा क्लिक गरेर ठुलो बनाई तपाईको दाबी लाग्ने नलाग्ने यकिन गर्नुहोस् ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।