साढे सत्र करोडको प्रलोभनमा, ५५ लाख स्वाहा

Jul 21, 2017 merolagani

दाङको लमही नगरपालिका स्थिायि घर भएकी सुजाता केसी पौडेललाई करिब एक वर्ष अगाडि फेसबुकमा इयुएन्स स्मिथ नामबाट फ्रेण्ड रिक्वेस्ट आयो । आफूलाई ‘बेलायती नागरिक हुँ’ भन्दै उक्त व्यक्तिले सुजातासंग नियमित कुराकानी गर्न थाले । सुजाता र स्मिथबीचको कुराकानी गहिरिँदै गयो । एकदिन स्मिथले सुजाताका लागि १.७ मिलियन अमेरिकी डलर नेपाल पठाउन चाहेको बतायो ।

 

 नेपाली रुपैयाँ १७ करोड ५८ लाख बराबरको रकम बेलायती नागरिकले आफूलाई पठाउन थालेको जानकारी पाएपछि सुजातामा खुसीको सिमा रहेन ।

केही समय पछि सुजातालाई भारतीय नम्बरबाट फोन अायो फोनमा सुजातालाई ‘तिम्रो नाममा बैंक अफ अमेरिकाको दिल्ली शाखाबाट १.७ मिलियन डलर पठाइएको छ । पैसा लिनका लागि भारतीय नियम अनुसार लाग्ने कर तिर्नु पर्छ भनियो ।”  स्मिथले साच्चैँ पैसा पठाएछन भन्ने निश्चित भएकी सूजाता झनै हौसिदै कर तिर्नका लागि आवश्याक पर्ने पैसा बुझाउन राजि भईन् । नेपालबाट भारतमा सिधै कर तिर्न नमिल्ने भएकाले नेपालमा रहेका आफ्ना साथीलाई पैसा पठाईदिन स्मिथले आग्रह गरे । सुजाताले पटक पटक गरी स्मिथको नेपाल प्रतिनिधीहरु सुमन लामा, रवी थोकर र दिनेश बस्नेतलाई आईएमई र बैकं खाता मार्फत ५५ लाख ८५ हजार रुपैयाँ पठाईन् ।

यतीका धेरै पैसा पठाई सक्दा पनि सुजाताले १.७ मिलियन अमेरिकी डलर पाईनन् । उल्टो स्मिथ सम्पर्क बिहिन भए । पैसा पठाएका नेपालीहरुको पनि मोबाईल फोन अफ भयो । बल्ल सुजाताले थाहा पाईन आफु ठगिए । सुजाताले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिईन् ।  बिहिबार महानगरीय अपराध महाशाखाको टोलीले धादिङ धुनीबेँसी नगरपालिका घर भई ललितपुर लगनखेल बस्ने पुरन घर्ती मगर भन्ने सुमन लामा, मकवानपुर हेटौँडा घर भई काठमाडौं लाजिम्पाट बस्ने रवी थोकर र ललितपुर धोवीघाटका दिनेश बस्नेतलाई पक्राउ गरेको छ । यो ठगी घटना संगठित र योजनाबद्ध भएको भन्दै अन्य व्यक्तिहरुको खोजी भई रहेको नेपाल प्रहरीको अपराध महाशाखाले जानकारी दिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।