सिद्धार्थ इन्स्योरेन्सको आठ हजार तीन सय ५० कित्ता सेयर लिलामीमा

Jul 24, 2017 Merolagani

सिद्धार्थ इन्स्योरेन्स (SIL) ले हकधप्रदमा नबिकेको आठ हजार तीन सय ५० कित्ता सेयर लिलाम गरेर बिक्री गर्ने भएको छ । इन्स्योरेन्सले इच्छुक आवेदकलाई साउन १६ देखि २३ गतेसम्ममा आवेदन गर्न सूचना प्रकाशित गरेको छ ।

इन्स्योरेन्सले ३६७ कित्ता संस्थापक तथा सात हजार ९८३ कित्ता साधारण सेयर लिलामी गर्न लागेको हो । इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । आवेदन गर्न चाहने उल्लेखित मितिमा क्यापिटलको कार्यालय नक्सालमा सम्पर्क गर्नु पर्ने हुन्छ ।

लिलामीको बोलकबोल साउन २५ गते तीन बजे खोलिने क्यापिटलले जनाएको छ ।

............................................................................................................................................................................

घरमा बसेर अनलाइनबाट डिम्याट खाता खोली एक लाख रुपैंयाको बीमा सित्तैमा गराउनुहोस् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।