लुम्बिनी विकास बैंकको सेयर कारोबार खुल्यो, सानिमामाइ हाइड्रोको सेयरमूल्य समायोजन

Jul 25, 2017 MEROLAGANI

लुम्बिनी विकास बैंक(LBBL) को मंगलबारदेखि नेपाल स्टक एक्सचेञ्जमा सेयर कारोबार खुलेको छ । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनी गाभिएर लुम्बिनी बैंक बनेको हो ।  नेप्सेले लुम्बिनीको एलबिबिएल (LBBL)  कोडमा कारोबार हुने जनाएको छ ।

 दुई कम्पनी गाभिए पश्चात बनेको लुम्बिनी विकास बैंकको चुक्ता पुँजी दुई अर्ब ८८ लाख पुगेको छ । साथै बैंकले तोकिएको पूँजी पुर्याउन दश प्रतिशत हकप्रद बिक्री गर्ने योजना अघि सारेको छ । 

बैंकको कुल निक्षेप १७ अर्ब, कर्जा १५ अर्ब ५८ करोड पुगेको छ भने देशभर ४९ वटा शाखा संजाल तथा १२ वटा आफ्नै एटिएमबाट २१ जिल्लामा बैंकिङ्ग सेवा सुविधा उपलव्ध हुनेछ
साबिकको भिबोरको १०० कित्ता सेयर बराबर लुम्बिनी फाइनान्सको ८० कित्ता सेयर पाउने गरी दुई संस्था मर्ज भएका हुन् ।

सानिमामाई हाइड्रोको सेयरमूल्य समायोजन

सानिमा माई हाइड्रो(SHPC) ले एक बराबर एक कित्ताको अनुपातमा हकप्रदपछिको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले शतप्रतिशत हकप्रदपश्चात कम्पनीको सेयरमूल्य ६०३ रुपैयाँ तोकेको छ । जसको आधारमूल्य ३५१ रुपैयाँ छ ।

हाइड्रोले यहि साउन २७ गतेदेखि एक करोड पाँच लाख ५० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्देछ ।
हाल एक अर्ब पाँच करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको हाइड्रोको हकप्रद निष्काशन पश्चात दुई  अर्ब ११ करोड रुपैयाँ पुग्नेछ ।

............................................................................................................................................................................

घरमा बसेर अनलाइनबाट डिम्याट खाता खोली एक लाख रुपैंयाको बीमा सित्तैमा गराउनुहोस् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।