विवादरहित भए नेशनल हाईड्रोको ब्यवस्थापन हाथवे समूहले सम्हाल्ने

Jul 26, 2017 Merolagani

बर्षौदेखि विवादको घेरामा रहँदै आएको नेशनल हाईड्रोपावर(NHPC)को ब्यवस्थापन सम्हालीदिन मुख्य सेयरधनीहरुले हाथवे समूहलाई आग्रह गरेका छन् । मंगलबार सांझ काठमाडौको भाटभटेनीमा भएको मूख्य सेयरधनीहरुको भेलामा एनबी समूहका लक्ष्मीबहादुर श्रेष्ठ लगायतका सेयरधनीहरुले हाथवे समूहका अम्बिकाप्रसाद पौडेललाई यस्तो आग्रह गरेका हुन् ।

भेलामा लक्ष्मीबहादुर श्रेष्ठले कम्पनीलाई आफुहरुले स्थापना गरेको भए पनि बीचमा भएका कमजोरीले लगानीकर्तालाई प्रतिफल दिन नसकेको भन्दै हाथवेलाई ब्यवस्थापन जिम्मा लिईदिन आग्रह गरेका थिए । नेशनल हाईड्रोमा सबैभन्दा धेरै सेयर रहेको घरानाका मुख्य ब्यक्ति लक्ष्मीबहादुरले नयाँ ब्यवस्थापनलाई कुनै बाधा ब्यवधान नगर्ने प्रतिबद्धता पनि ब्यक्त गरेका थिए ।

भेलामा कन्चन पाण्डे लगायतका सेयरधनीहरुले पनि नेशनल हाईड्रोमा हजारौ सर्बसाधारणको लगानी फसेकोले कम्पनीलाई राम्रो बनाएर प्रतिफल दिने अबस्थामा पुर्याउन सबै सेयरधनीले हाथवे समूहलाई सहयोग गर्नुपर्नेमा जोड दिए । आउने साउन ३१ गते हुने नेशनल हाईड्रोको साधारण सभामा हाथवे समूहलाई संचालकमा निर्वाचित गर्न ५० लाख कित्ता भन्दा बढीको प्रोक्सी पनि सोही कार्यक्रममा संकलन गरिएको थियो ।

हाथ्वे समूहका अम्बिकाप्रसाद पौडेलले भने ठूला सेयरधनीहरुको आग्रहलाई आफुले सकारात्मक रुपमा लिएको भन्दै विवादरहित हुने अबस्थामा मात्र नेशनल हाईड्रोको ब्यवस्थापन आफुहरुले जिम्मा लिने स्पष्ट पारे ।

'सबैले एकमतले साधारणसभामा भन्नुहुन्छ र सहयोग गर्नुहुन्छ भने ब्यवस्थापन सम्हाल्न तयार छौ, सधैको विवाद रहिरहने हो भने हामीलाई यसमा फस्नुछैन',-पौडेलले स्पष्ट भाषामा  भने ।

उनले हाथवे समूहको पुच्छर समातेर नेशनल हाईड्रोपावरका सेयरधनीले वैतरणी तर्न नसक्ने भन्दै कम्पनीलाई राम्रो बनाउन सबैले ईमानदारिताका साथ लाग्नुपर्नेमा जोड दिए ।

हाथवे समूहले ब्यवस्थापन लिने भयो भन्ने बहानामा सेयरको भाउ तलमाथि गर्ने खेल नखेल्न चेतावनी दिदै पौडेलले भने, 'कम्पनीको दोस्रो सेयरधनी मै हुँ तर मैले मात्रै चाहेर केही हुन्न, अरुले पनि खेल खेल्न बन्द गर्नेपर्छ ।'

भेलामा उपस्थित प्राय सबै ठूला सेयरधनीले हाथवे जस्तो स्वच्छ कम्पनीले नेशनल हाईड्रोको ब्यवस्थापन सम्हाले चाँडै प्रतिफल पाउन सकिने भएकाले बाधा ब्यवधान गर्नेहरुलाई तह लगाएर जानुपर्ने धारणा ब्यक्त गरेका थिए । भेलामा निर्मल प्रधान र नेशनल हाईड्रोका असन्तुष्ट संचालकहरु प्रकाश रजौरे, रामबहादुर तामाड. लगायतको सहभागिता थिएन ।

............................................................................................................................................................................

घरमा बसेर अनलाइनबाट डिम्याट खाता खोली एक लाख रुपैंयाको बीमा सित्तैमा गराउनुहोस् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।