देव र साझा विकास बैंकले एक्विजिशनका लागि एकै दिन बोलाए साधारण सभा

Jul 27, 2017 Merolagani

देव विकास बैंकले साझा विकास बैंकलाई आफुमा विलय गर्ने प्रस्ताव पारित गर्न भदौ एक गते विशेष साधारण सभा बोलाएको छ । त्यसै गरी साझा विकास बैंकले पनि सोही प्रस्ताव पारित गर्न वार्षिक भदौ एक गते साधारण सभा बोलाएको छ ।

१० करोड रुपैंया चुक्ता पूँजी रहेको साझालाई एक बराबर एकको अनुपातमा सेयर आदान प्रदान गर्ने प्रस्ताव साधारण सभाले पारित गर्दैछ । देवले गत आर्थिक वर्षमा ५० प्रतिशत हकप्रद तथा अघिल्लो आर्थिक वर्षको १४ प्रतिशत बोनस बितरण गरेको थियो ।

आफैं चुक्ता पूँजी अढाई अर्ब पुर्याउने क्रममा रहेको देवले यस अघि युनियन फाइनान्सलाई विलय गर्न विशेष साधारण सभा बोलाएको थियो । उक्त साधारण सभाबाट बैंकले ४० प्रतिशत हकप्रद निष्काशन गरेर चुक्ता पूँजी अढाई अर्ब पुर्याउने निर्णय गरेको थियो ।

............................................................................................................................................................................

घरमा बसेर अनलाइनबाट डिम्याट खाता खोली एक लाख रुपैंयाको बीमा सित्तैमा गराउनुहोस् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।