हाम्रो विकास बैंकको सेयर लिलामीमा आवेदन गर्ने अन्तिम दिन

Jul 27, 2017 merolagani

हाम्रो विकास बैंक (HAMRO) को चार लाख ५१ हजार १२१ कित्ता लिलामी सेयरमा आवेदन गर्ने विहीबार अन्तिम दिन हो । बैंकले संस्थापक समूह तर्फको तीन लाख ९१ हजार ६३६ कित्ता तथा साधारण समूह तर्फको ५९ हजार ४८५ कित्ता सेयरमा साउन ५ गतेदेखि लिलामी खुला गरेको हो ।

इच्छुकले बैंकको केन्द्रीय कार्यालय नुवाकोट तथा सेयर विक्री प्रबन्धक एनआइबीएल क्यापिटल लाजिम्पाटमा आज दिउँसो ३ बजेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र साउन १५ गते बिहान ११ बजे एनआइबीएल क्यापिटल मार्केट लाजिम्पाटमा खोलिने क्यापिटलले जनाएको छ ।

हकप्रद विक्रीपछि बैंकको चुक्ता पूँजी ४५ करोड ८७ लाख रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले तोकेको न्यूनतम ५० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्न बकैंकलाई थप चार करोड १३ करोड रुपैयाँ आवश्यक पर्नेछ ।

गत आवको तेस्रो त्रैमासम्ममा हाम्रोले तीन करोड १० लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक २७ रुपैयाँ ३ पैसा कायम गरेको छ । बैंकको सेयर नेप्सेमा बुधबार प्रतिकित्ता २६७ रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।

............................................................................................................................................................................

घरमा बसेर अनलाइनबाट डिम्याट खाता खोली एक लाख रुपैंयाको बीमा सित्तैमा गराउनुहोस् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।