तीन अर्ब ६२ करोड खुद नाफा कमाउने नबिल बैंक सबैभन्दा अगाडि हुने संभावना

Aug 03, 2017 Merolagani

बैंक ठूलो भएमा उसले गर्ने प्रगतिको दर झन् धेरै बढ्दै जान्छ भन्ने कुराको उदाहरण नबिल बैंक(NABIL) ले देखाएको छ । गत आर्थिक बर्षको प्रगति बिबरण पस्कदा नबिलले समकालीन बाणिज्य बैंकहरुलाई उछिन्दै सबैभन्दा अगाडि रहने संभावना देखाएको हो ।

 

नबिलले जोखिम ब्यवस्थापनका सबै उपाय अबलम्बन गरी निक्षेप संकलन र कर्जा बिस्तार गरेर खुद नाफा कमाईमा उल्लेखनीय बढोत्तरी गरेको छ । अरु बाणिज्य बैंकहरुले तछाड मछाड गर्दै निक्षेप र कर्जाको ब्याज बढाएर कोषको लागत धान्नै नसक्ने अबस्थामा पुर्याएपनि नबिल भने आफ्नै सुरमा रह्यो । उसको कोषको लागत २.७० प्रतिशत मात्र रहँदा आठ अर्ब ६ करोड ब्याज आम्दानी गरेकोमा दुई अर्ब ६० करोड मात्र ब्याज खर्च गर्नुपर्यो ।

कर्मचारी र संचालन खर्चलाई धेरै बढ्न नदिनुका साथै निस्क्रिय कर्जालाई तल झारेर बैंकले ठूलो, सबल र सक्षम बैंकको परिचय दिएको छ । हुन त नबिलका कर्मचारीहरुले उचित सेवा सुबिधा नपाएको भन्दै आन्दोलन पनि गर्दै आएका छन् । 

केही समय अघि बिबादास्पद बैंकर गुरुप्रसाद न्यौपानेलाई गैरकानुनी कर्जा प्रबाह गरेर बिबादमा आएको भए पनि नबिलले त्यसलाई भित्रभित्रै मिलाएर आफ्नो अबस्था खस्कन दिएन । 

निक्षेप संकलन र कर्जा परिचालनमा राष्ट्रिय बाणिज्य बैंक र ईन्भेष्टमेन्ट बैंकसँग प्रतिस्पर्धामा रहेको उसले ती दुबै बैंकलाई खुद नाफा कमाईमा पनि उछिन्ने संभावना छ । राष्ट्रिय बाणिज्य बैंक र ईन्भेष्टमेन्टले बित्तीय बिबरण प्रकाशन गरेपछि मात्र को अगाडि हुन्छ भन्ने कुरा यकिनसाथ भन्न सकिन्छ । 

संचालन मुनाफा २५ र खुद नाफा २८ प्रतिशतले बढाएको नबिलले प्रतिसेयर आम्दानीलाई पनि सन्तुलनमा राख्ने प्रयास गरेको छ र ५८ रुपैयाँ प्रतिसेयर आम्दानी  बाणिज्य बैंकहरुमा सबैभन्दा धेरै हुने संभावना पनि छ ।

नबिलको खुद नाफा मेरोलगानीले आँकलन गरे भन्दा धेरै हो । 

बाणिज्य बैंकहरुले २०७४ मा कति खुद नाफा कमाए ? (आँकलनसहित)

एक बर्षमा ८१ करोडले खुद नाफा बढाउनु चानचुने कुरा हैन । कतिपय बाणिज्य बैंक एक्लैले यत्ति खुद नाफा कमाउन सकेका छैनन । 

गत बर्ष ३० प्रतिशत बोनस सेयर बितरण गरेर पूँजी बढाएको बैंकले यस बर्ष पनि सोही अनुपातमा बोनस बितरण गरी चुक्ता पूँजी आठ अर्ब सजिलै बनाउन सक्छ । चुक्ता पूँजी भन्दा जगेडा कोषको आकार बलियो हुँदा बैंकले लगानीकर्तालाई चाहेको लाभांश बाड्न सक्छ ।

नबिलमा उद्योगपति बिनोद चौधरी र उनको परिवारको ५५ प्रतिशत स्वामित्व छ ।

 

comments powered by Disqus

सामान्य घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकले कति दिँदैछ?

May 13, 2024 09:07 AM

वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको ब्याजदर बैशाख महिनाको तुलनामा सामान्य घटेको छ।