गोर्खाज फाइनान्सको लिलामी सेयर बाँडफाँड, कति कबोल्नेले पाए ?

Aug 04, 2017 merolagani

गोर्खाज फाइनान्सले लिलामीमा राखेको १० लाख ५५ हजार कित्ता सेयरको बोलपत्र खुला गरेको छ । बोलपत्र शुक्रबार बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलको कार्यालयमा खोलिएको हो ।

फाइनान्स कम्पनीको एक लाख ५४ हजार ३९६ कित्ता साधारण सेयरका लागि कुल २८२ जनाले आवेदन दिएकोमा ११९ जना लगानीकर्ताले सेयर पाएका छन् । साधारण सेयरका लागि अधिकतम २४० रुपैयाँसम्मको आवेदन परेकोमा १७६ रूपैयाँ वा साेभन्दा माथि बोलकबोल गर्नेले सेयर प्राप्त गरेको क्यापिटलले जनाएको छ । फाइनान्सकाे सेयर विहीबार १९१ रुपैयाँमा कारोबार थियो । 

त्यस्तै ९ लाख ७९३ कित्ता संस्थापक सेयरका लागि १०० जनाले आवेदन गरेकोमा सबैले सेयर प्राप्त गरेका छन् । संस्थापक समूहमा १०० रुपैयाँ आवेदन गर्नेले नै सेयर प्राप्त गरेका छन् । फाइनान्सकाे अझै ४ लाख १२ हजार कित्ता संस्थापक सेयर बिक्न नसकेकाले सेयर फेरि लिलामी खुला गर्नेछ ।

५७ करोड ८६ लाख रुपैयाँ रहेको फाईनान्सको हकप्रद बिक्रिपछि चुक्ता पूँजी ८६ करोड ७९ लाख पुगेको छ । कम्पनीले गत आर्थक बर्षको तेस्रो त्रैमाससम्ममा १० करोड ३० लाख खुद नाफा गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।