देव बिकास बैंकले यसरी दोब्बर पार्यो खुद नाफा

Aug 06, 2017 merolagani

देव बिकास बैंक(DBBL)ले अघिल्लो आर्थिक बर्षको तुलनामा गत बर्ष खुद नाफालाई दोब्बर बनाएको छ । ब्याज आम्दानीमा उल्लेखनीय वृद्धि गर्नुका साथै निस्क्रिय कर्जा घटाएपछि बैंकले राम्रो प्रगति गरेको देखाउँन सकेको हो ।



गत आर्थिक बर्षको चौथो त्रैमासमा बैंकले २८ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  खुद नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ११२ प्रतिशत बढी हो । अघिल्लो आर्थिक बर्षमा बैंकले १३ करोड ६५ लाख खुद नाफा कमाएको थियो  ।

देवले निष्कृय कर्जा अनुपात समेत उल्लेखनिय रुपमा घटाएको छ । अघिल्लो आर्थिक बर्षमा ३.९९ प्रतिशत रहेको खराब कर्जा समिक्षा अवधिमा १.२४ प्रतिशतमा झारेको छ ।

यस अधिसम्म बैंकले १० अर्ब ४१ करोड निक्षेप संकलन गरि ९ अर्ब ५७ करोड रुपैँया कर्जा लगानी गरेको छ । बैंकले यसअवधिमा एक अर्ब बढी व्याज आम्दानी गरेको छ । 

अघिल्लो आर्थिक बर्ष १४ प्रतिशत बोनस, ५० प्रतिशत हकप्रद बिक्री र युनियन फाइनान्सलाई खरिद गरेर पूँजी बढाएको देवको हाल चुक्तापूँजी एक अर्ब ४४ करोड पुगेको छ भने जगेडाकोषमा ४७ करोड  छ । बैंकको प्रतिसेयर आम्दानी बार्षिक २० रुपैयाँ ०३ पैसा पुगेको छ ।

त्यस्तै बैंकको प्रतिशेयर नेटवर्थ एक सय ३२ रुपैयाँ ९७ पैसा र मुल्य आम्दानी अनुपात १२ दशमलव ९३ गुणा रहेको छ ।

 बैंकले सहारा र  साझा विकास बैंकलार्ई एक्वायर गर्ने सम्झौता गरिसकेको छ । प्रस्तावित संस्था प्राप्ति पछि ४० प्रतिशत हकप्रद शेयर जारी गरेर बैंकले आफ्नो चुक्ता पूँजी दुई अर्ब ५० करोड रुपैंया पुयाउन लागेको हो ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।