एभरेष्ट बैंक सहित तीन कम्पनीको हकप्रद भर्ने आइतबार अन्तिम दिन

Aug 06, 2017 merolagani

एभरेष्ट बैंक सहित तीन कम्पनीको हकप्रद शेयरमा आवेदन भर्ने आइतबार अन्तिम दिन रहेको छ । हकप्रदका लागि आवेदन भर्न आइतवार अन्तिम दिन रहेका कम्पनीहरूमा एभरेष्ट बैंक (EBL) , गूडविल फाइनान्स (GFCL) र पूर्णिमा विकास बैक (PURBL)  रहेका छन् ।



राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउने अभियान यी चार कम्पनीहरुले हकप्रद शेयर निष्कासन गरेका हन् ।

एभरेष्ट बैंकले असार १८ गतेदेखि ३ः१ अनुपातमा १ करोड ५० लाख ८८ हजार ८७ कित्ता सेयर बिक्री खुला गरेको हो । एभरेष्टको हकप्रदमा असार ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

बैंकको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लजिम्पाट काठमाडौंबाट हकप्रदका लागि आवेदन दिन सकिनेछ । त्यसैगरी, एभरेष्ट बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौं तथा यसका सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

गूडविल फाइनान्स लिमिटेडले १० बराबर ६ (१०ः६) को अनुपातमा गत असार १८ देखि साउन २२ गतेसम्मका लागि विक्री खुला गरेको हो । असार १ गतेसम्म शेयर स्वामित्व भएका शेयरधनीले आवेदन दिन सक्नेछन ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड छ ।

त्यसैगरी, पूर्णिमा विकास बैकले असार १९ गतेदेखि साउन २२ गतेसम्म ४ बराबर १ (४ः१) को अनुपातमा हकप्रद शेयर निष्कासन तथा विक्री खुला गरेको हो । बैंकको हकप्रदका लागि जेठ १५ गतेसम्म शेयर स्वामित्व भएका शेयरधनीले आवेदन दिन पाएका छन् ।

बैंकको शेयर निष्कासन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।