कृषि विकास बैंकको सेयर प्रमाणपत्र अब एस क्यापिटल लालदरबारबाट वितरण हुने

Aug 06, 2017 merolagani

कृषि विकास बैंकले बोनस, हकप्रद सेयर र नगद लाभांश अबदेखि बैंकको सेयर रजिष्ट्रार एस क्यापिटलको लालकोलनी मार्ग लालदरबार ( जय नेपाल हलसंगै ) काे कार्यालयबाट वितरण गर्ने भएको छ ।

कृषि विकास बैंकले यसअघि बोनस, हकप्रद सेयर र नगद लाभांश क्यापिटलको कार्यालय नारायणचौर नक्साल काउन्टरबाट वितरण गर्दे अाएको थियो । 

केही समयअघि बेचेको ५० प्रतिशत हकप्रदले समेत पाउने गरि गत आर्थिक बर्षको नाफाबाट बैंकले सेयरधनीलाई २० प्रतिशत बोनस वितरण गरेको थियो । बैंकले यस बर्ष समेत २० प्रतिशत हाराहारीमा मै बोनस वितरण गर्नसक्छ ।

बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा एक अर्ब ५७ करोड ४८ लाख खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २४ रुपैयाँ ७४ पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।