गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सको यस्तो देखियो वित्तीय विबरण

Aug 07, 2017 Merolagani

गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स (GMFIL) ले गत आर्थिक वर्षमा १२ करोड ९२ लाख रुपैंया खुद नाफा कमाएको छ , फाइनान्सले अघिल्लो आर्थिक वर्षको यसै अवधिमा छ करोड ९३ लाख रुपैंया खुद नाफा कमाएको थियो । फाइनान्सले समिक्षा अवधिमा खुद नाफा ८६ प्रतिशतभन्दा बढीले सुधार गरेको हो ।

४९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा २० करोड ८० लाख रुपैयाँ सञ्चित छ । निक्षेप तथा कर्जामा राम्रो सुधार गरेको फाइनान्सको खुद व्याज आम्दानी ४० दशमलव ५० प्रतिशतले बढेर ११ करोड १४ लाख रुपैयाँ पुगेको छ ।

निष्कृय कर्जा अनुपात शुन्य दशमलव २९ प्रतिशत तथा पूँजीकोष अनुपात २८ दशमलव ०३ प्रतिशत रहेको फाइनान्सको प्रतिशेयर आम्दानी २६ रुपैंया २० पैसा कायम भएको छ । फाइनान्सको प्रतिसेयर नेटवर्थ एक सय ४२ रुपैंया १७ पैसा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।