अरुण भ्याली हाईड्रोपावरको खुद नाफा ५० प्रतिशतले बढ्यो

Aug 10, 2017 merolagani

अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी (AHPC) को खुद नाफा ५० दशमलव ८८ प्रतिशतले बढेको छ । कम्पनी गत आर्थिक बर्षमा ८ करोड ९५ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षकोे सोहि अवधिमा हाईड्रोको मुनाफा ५ करोड ९३ लाख रुपैयाँ रहेको थियो ।

८४ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी भएको अरुण भ्याली कम्पनीको जगेडा कोषमा ९ करोड २३ लाख रुपैयाँ सञ्चित छ । कम्पनीले चुक्ता पूँजी प्रतिशत १० प्रतिशत र जगेडाकोष १६.४८ प्रतिशतले बढाएको हो ।

कम्पनीले ५१ करोड ८५ लाख लगानीमा सामान्य वृद्धि गरी ५५ करोड ११ लाख रुपैयाँ पुर्याएको छ । विद्युत बिक्रीबाट हुने आम्दानी भने  २१.९७ प्रतिशत घटेर ५ करोड १६ लाख रुपैयाँमा झरेको छ । सञ्चालन नाफा गत वर्षको तुलनाभन्दा ४६ दशमलव १७ प्रतिशतले बढेर ११ करोड २२ लाख रुपैंयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा सञ्चालन नाफा ७ करोड ६८ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीसँग कुल चालू सम्पत्ति १४ करोड ८९ लाख ४० हजार तथा चालू दायित्व दुई करोड ४७ लाख ४८ हजार रुपैयाँ रहेको छ । सेयर पूँजी र जगेडाकोष गरी कम्पनीसँग कूल कोषको आकार ९४ करोड पाँच लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी १० दशमलव ५६ रुपैयाँ, मूल्य आम्दनीको अनुपात २६ दशमलव १४ गुणा, प्रति सेयर नेटवर्थ ११० दशमलव ८९ रुपैयाँ र तरलता अनुपात ६ दशमलव ०२ प्रतिशत रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।