महालक्ष्मीको ७० करोड खुद नाफा कमाईको के हो राज ?

Aug 11, 2017 Merolagani

महालक्ष्मी बिकास बैंक(MLBL) गत बर्ष बिकास बैंकहरुमध्ये सर्बाधिक खुद नाफा कमाउन सफल भएको छ । महालक्ष्मी फाईनान्समा मालिका डेभ्लपमेन्ट बैंकपछि यती डेभ्लपमेन्ट बैंकलाई गाभेको महालक्ष्मीले ७० करोड ९१ लाख खुद नाफा कमाएर बिकास बैंकहरुमा सबैभन्दा अगाडि देखिएको हो ।

दुई अर्ब ६३ करोड चुक्ता पूँजी कायम गरेर एक अर्ब ७ करोड रुपैयाँ जगेडा कोषमा जम्मा पारेको महालक्ष्मीले ब्याज आम्दानी र संचालन नाफामै छलाड. मारेको छ । उसको ब्याज आम्दानी एक अर्ब २४ करोड र संचालन नाफा ५२ करोड छ ।

निस्क्रिय कर्जालाई ४.१४ प्रतिशतबाट ३.६३ प्रतिशतमा झारेर ५५ करोड कर्जा नोक्सानी कोषबाट फिर्ता ल्याई खुद नाफामा जोड्न बैंक सफल भएको छ । प्रतिसेयर आम्दानी २६ रुपैयाँ ९२ पैसा कायम गरेको बैंकको प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ छ । 

२५ अर्ब निक्षेप र २० अर्ब कर्जा प्रबाह गरेको महालक्ष्मी अब बाणिज्य बैंक सरहकै हैसियतमा खडा भएको छ ।

राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुगिसकेको बैंकले यस बर्ष कति बोनस सेयर बाड्ला भन्ने चासो लगानीकर्ताहरुमा हुनु स्वभाविक छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।