बैंक अफ काठमाण्डुले कसरी थप्छ २३८ करोड पूँजी ?

Aug 11, 2017 Merolagani

बैंक अफ काठमाण्डु(BOKL)को गत आर्थिक बर्षको चौथो त्रैमासको बित्तीय बिबरण हेर्दा राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी पुर्याउन दुई अर्ब ३८ करोड थप्नुपर्ने देखिएको छ । बैंकले गत बर्ष एक अर्ब २३ करोड खुद नाफा कमाएकोमा त्यसबाट बोनस सेयर जारी गर्दा पनि थप एक अर्ब ३८ करोड आबश्यक पर्ने देखिन्छ ।

 

संस्थापक र साधारण सेयरधनीको अनुपात ५१ र ४९ गर्दा ६१ लाख संस्थापक सेयर बेच्नुपर्ने हुन्छ तर त्यसलाई प्रिमियममा निश्काशन गर्न धितोपत्र बोर्डले अश्वीकार गर्दै प्रस्ताब फिर्ता गरिदिएपछि अब हकप्रद सेयर बिक्रीमा ल्याउनुपर्ने बाध्यता आईपर्ने देखिएको छ । कुन बाटो जाने भन्ने बारेमा बीओकेका पदाधिकारीहरु गंभीर परामर्शमा छन् । एक अर्बको डिबेन्चर तथा बण्ड पनि छ् । त्यसबाट पूँजीकृत हुनसक्ने अबस्था भएमा बीओकेलाई थप सहज अबस्था हुनसक्छ ।

मेरोलगानीले बीओकेको खुद नाफाका बारेमा गरेको आँकलन लगभग मिलेको छ । 

बाणिज्य बैंकहरुले २०७४ मा कति खुद नाफा कमाए ? (आँकलनसहित)

बैंक अफ काठमाण्डुले अघिल्लो बर्ष लुम्बिनी बैंकलाई मर्ज गरेपछि उसको अबस्था सबल बनेको देखिएको छ । दुई आर्थिक बर्षको बित्तीय बिबरण हेर्दा सबै सूचकहरु राम्रा देखिएका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।