मेगा बैंकको ६५ प्रतिशत हकप्रद स्वीकृत, कहिले हुन्छ निष्काशन ?

Aug 11, 2017 merolagani

मेगा बैंक नेपाल लिमिटेड (MEGA) ले राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्ता पूँजी पुर्याउन प्रस्ताव गरेको ६५ प्रतिशत हकप्रद धितोपत्र बोर्डले साउन २७ गते शुक्रबार स्वीकृत गरेको छ ।

बोर्डबाट अनुमति पाएसँगै मेगा बैंकले कानुनी व्यवस्थामा अनुसार हकप्रद स्वीकृति पाएको मितिले दुई महिनाभित्र बिक्री गर्नुेपर्नेछ । बैंकले एक सय रुपैँयाका दरले २ अर्ब ९७ करोड ८५ लाख ३ हजार ४३३ रुपैंया बराबरको २ करोड ९७ लाख ८५ हजार ३४ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । 

हकप्रद बिक्री गर्न बैंकले नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । बैंकले गएको बार्षिक साधारण सभाबाट ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो ।

हाल चार अर्ब ५८ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको हकप्रद सेयर निष्काशनपछि चुक्ता पूँजी साँढे ७ अर्ब ५६ करोड पुग्नेछ । जसमा अपुग पूँजी बैंकले चालु आर्थिक बर्षको बोनसबाट पुर्याउनेछ ।

टुरिजम डेभलपमेण्ट बैंकलाई गाभ्ने प्रक्रियामा रहेको मेगााको टुरिजमलाई समेत गाभ्दा चुक्ता पूँजी नौ अर्ब बढी पुग्ने देखिन्छ । 

मेगा बैंकले गत आर्थिक बर्षमा ४३ प्रतिशतले खुद नाफा बढाएर ७९ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर अाम्दानी १७ रुपैयाँ २७ पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।