बीपीसीले बिद्युत बेचेर ६८ करोड कमाउँदा खुद नाफा नै कसरी ६४ करोड ?

Aug 12, 2017 Merolagani

बुटवल पावर कम्पनी(BPCL)ले गत आर्थिक बर्षमा बिद्युत बेचेर ६८ करोड संचालन आम्दानी गरेकोमा खुद नाफा नै ६४ करोड भएको देखाएको छ ।

खर्चहरु कटाएर उसको बिद्युत बिक्रीबाट बँचेको कुल संचालन नाफा ३१ करोड मात्र हो । यसमा आफुले बिभिन्न कम्पनीहरुमा गरेको लगानीबाट लाभांश ५५ करोड र अन्य आम्दानी चार करोड ल्याएर ब्याज, कर र कर्मचारी बोनस भन्दा अघिको नाफा ७१ करोड देखाएको छ । त्यसपछि ब्याज, कर र कर्मचारी बोनस कटाएर खुद नाफा ६४ करोड ९४ लाख कायम भएको छ ।

आंधीखोला जलबिद्युत आयोजनाबाट उत्पादित बिजुलीबाट आम्दानी बढेको र कम्पनीहरुबाट पाउने लाभांशमा पनि बृद्धि भएको कारणले समग्र खुद नाफामा बढोत्तरी भएको कम्पनीले जनाएको छ ।

एक अर्ब ८१ करोड चुक्ता पूँजी रहेको बीपीसीसँग जगेडा कोषमा दुई अर्ब ३० करोड, अुनदान सहयोग १८ करोड र दीर्घकालीन ऋण ४५ करोड रुपैयाँ छ ।

उसले ३० मेगावाटको न्यादी, ३७.६ मेगावाटको काबेली ए निर्माण सुरु गरेको छ ।


बीपीसीको प्रतिसेयर आम्दानी अघिल्लो आर्थिक बर्षको भन्दा चार रुपैयाँले बढेर ३८ रुपैयाँ ८६ पैसा, मूल्य आम्दानी अनुपात १७.२९ गुणा र प्रति सेयर नेटवर्थ २२७ रुपैयाँ छ ।

बीपीसीले ४० लाख ८१ हजार कित्ता थप नयाँ साधारण सेयर ( एप्ःपीओ) बिक्री गर्न धितोपत्र बोर्डमा निबेदन दिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।