नेशनल लाइफ इन्स्योरेन्सले यसरी पुर्याउँदैछ चुक्ता पूँजी अढाई अर्ब माथि

Aug 12, 2017 Merolagani

नेशनल लाईफ इन्स्योरेन्सले परिमार्जित हकप्रद सेयरको प्रस्ताव साधारण सभाबाट पारित गरेको छ । इन्स्योरेन्सले २५ प्रतिशत बोनस पश्चात ६० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । इन्स्योरेन्सले दोस्रो पटक हकप्रद प्रस्ताव परिमार्जन गरेर साधारण सभाबाट पारित गरेको हो ।

यस अघि शतप्रतिशत हकप्रदको प्रताव गरेको इन्स्योरेन्सले पहिलो पटक त्यसलाई परिमार्जन गरी ७५ प्रतिशत

बनाएको थियो । फेरी दोस्रो पटक उक्त हकप्रदलाई परिमार्जन गर्दै इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो ।

अहिले इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ३२ करोड ४८ लाख रुपैयाँ छ । २५ प्रतिशत अर्थात ३३ करोड १२ लाख बराबरको बोनसपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ६५ करोड ६० लाख रुपैंया पुग्नेछ ।

त्यस पछि ६० प्रतिशत अर्थात ९९ करोड ३६ लाख बराबरको हकप्रद बिक्री गरे पछि इन्स्योरेन्सको चुक्ता पूँजी दुई अर्ब ६४ करोड ९६ लाख रुपैंया पुग्नेछ ।

२५ प्रतिशत बोनस सेयरको कर प्रयोजनका लागि इन्स्योरेन्सले एक दशमलब ३२ प्रतिशत नगद लाभांस विबरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।