स्टाण्डर्ड चार्टर्डको प्रतिसेयर आम्दानी खस्कियो

Aug 14, 2017 merolagani

स्टाण्डर्ड चार्टर्ड बैंक (SCB) को प्रगति सुस्त देखिएको छ । चुक्ता पूँजी वृद्धिको अनुपातमा लगानी बढाउन नसक्दा बैंकको प्रतिसेयर आम्दानीमा अघिल्लो बर्षको तुलनामा ११ रुपैयाँ ४६ पैसाले गिरावट आएर ३४ रुपैयाँ ५० पैसामा झरेको छ । अघिल्लो बर्ष बैंकको प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ९६ पैसा रहेको थियो । 

 

 

स्टाण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक बर्षमा बोनस तथा एफपीओ विक्रीबाट ४२.४३ प्रतिशतले चुक्ता पूँजी वृद्धि गरी ४ अर्ब पुर्याएको छ । एफपीओ बिक्रीबाट आएको प्रिमियमले बैंकको जगेडाकोष ७१.३६ प्रतिशतले बढेर ८ अर्ब १५ करोड ८८ लाख रुपैयाँ पुग्दा बैंकको जगेडाकोष भने मजबुत बनेको छ । 

बैंकले गत आर्थिक बर्षमा १ अर्ब ३८ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा जम्मा ८ करोड ९४ लाख बढी हो । बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ६.९२ प्रतिशत मात्रै बढी हो ।

६३ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंले ३९ अर्ब २० करोड रुपैयाँ कर्जा तथा १५ अर्ब ७६ करोड लगानी गरेको छ । 

निष्कृष्य कर्जा अनुपातलाई शून्य दशमलव १९ प्रतिशतमा झारेको स्टाण्डर्ड चार्टर्ड बैंकले ३६ करोड १७ लाख संम्भावित जोखिम व्यवस्था गर्दा २२ करोड ९९ लाख संम्भावित जोखिम कोषबाट फिर्ता गरेको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ ३०३.६८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६६.५२ गुणा रहेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।