हिमालयन जनरल इन्स्योरेन्सले बढायो हकप्रद भर्ने समय, अन्तिम मिति कहिले ?

Aug 15, 2017 merolagani

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी (HGI) ले असार २८ गतेदेखि निष्काशन गरेको १६६.६७ प्रतिशत हकप्रद भर्ने म्याद १० दिन थप गरेको छ ।  यसअघि हकप्रद भर्ने  अन्तिम दिन साउन ३१ गते ताेकिएकाे थियाे अब भदाै ९ गतेसम्म बढाइएकाे छ।  कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटले अविरल बर्षका कारण देशको जनजीवन अस्तव्यस्त हुन गएको र सेयरधनीको विशेष अनुरोधमा समयसीमा बढाईएको जनाएको छ ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले एक सय रुपैयाँ दरको ६४ लाख २० हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । असार १५ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रदमा आवेदन दिन पाउनेछन् । हकप्रदमा एनएमबि क्यापिटल नागपोखरी र एनएमबि बैंकको शाखाहरु सूर्यबिनायक भक्तपुर, कुमारीपाटी ललितपुर, तीन दोबाटो बनेपा, ट्राफिक चोक बुटवलबाट आवेदन गर्न सक्नेछन् ।

त्यस्तै, एनएमबि बैंकको अन्य शाखाहरु महेन्द्रपथ धरान, रंगेली रोड विराटनगर,सुर्खेतरोड नेपालगञ्ज, बसपार्करोड धनगढी, न्यूरोड पोखरा, आदर्शनगर वीरगञ्ज, नारायणगढ चितवन, भानुचोक जनकपुर र बिर्तामोड झापाबाट समेत हकप्रदमा आवेदन गर्न सकिने कम्पनीले जनाएको छ ।

हाल ३८ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयनको हकप्रद सेयर बिक्री  पश्चात बीमा समितिले तोकेको सीमा भन्दा बढि एक अर्ब दुई करोड रुपैयाँ नाघ्नेछ । कम्पनीले चालु आवको तेस्रो त्रैमासमा १२ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २० रुपैयाँ ९१ पैसा रहेको छ । कम्पनीकाे सेयर अाइतबार अन्तिम पटक नेप्सेमा प्रतिकित्ता ८२२ रूपैयाँमा काराेबार भएकाे छ । 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।