प्रतिसेयर आम्दानी साढे सात रुपैंया रहेको कम्पनीको मूल्य आम्दानी अनुपात किन यति धेरै ?

Aug 16, 2017 Merolagani

१२ करोड १० लाख रुपैंया चुक्ता पूँजी भएर प्रतिशेयर कमाई सात रुपैंया ५३ पैसा मात्र कायम गर्न सकेको महिला सहयात्रा लघुवित्त (MSMBS) को शेयर मूल्य १ हजार २ सय रुपैंयाको हाराहारीमा छ । कमाई बढाउन हम्मे हम्मे परेको माइक्रोफाइनान्सले गत वर्ष ९१ लाख छ हजार रुपैंया खुद नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षमा माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी आठ रुपैंया १० पैसा थियो । न्यून मात्रामा कमाई गर्न सकेको माइक्रोफाइनान्सको सेयर उच्च विन्दुमा पुग्दा मूल्य आम्दानी अनुपात १५४.१४ गुणाले बढी छ । बुधबार नै वित्तीय विबरण निकालेको नेपाल टेलिकमको मूल्य आम्दानी अनुपात ६.७४ गुणाले मात्र बढी छ । लघुवित्त भन्दै उचालिने प्रवृत्तिलाई यो मूल्य आम्दानी अनुपातले जोखिमको संकेत दिएको छ ।

अघिल्लो आर्थिक वर्षमा माइक्रोफाइनान्सले ८९ लाख १४ हजार रुपैंया खुद नाफा कमाएको थियो । माइक्रोफाइनान्सको कमाई दुई प्रतिशत बढीले बढेको हो । जगेडा कोषमा एक करोड ५१ लाख रुपैयाँ सञ्चित गरेको माइक्रोफाइनान्सको प्रतिसेयर नेटवर्थ एक सय १२ रुपैंया छ ।

निष्कृय कर्जा अनुपात २.७१ प्रतिशत रहेको माइक्रोफाइनान्सको पूँजीकोष अनुपात २५.९९ प्रतिशत रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।