समिट र फरवार्ड कम्युनिटीले गत आर्थिक वर्षमा कस्तो गरे प्रगति ?

Aug 17, 2017 Merolagani

समिट माइक्रोफाइनान्स र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले गत आर्थिक वर्षमा कमाईको वृद्धि राम्रो रहेको देखाएका छन् । समिटले गत आर्थिक वर्षमा पाँच करोड ९५ हजार रुपैंया खुद नाफा कमाएको छ भने फरवार्डले चुक्ता पूँजी भन्दा धेरै अर्थात २५ करोड छ लाख ९२ हजार रुपैंया खुद नाफा गरेको छ ।

समिटले अघिल्लो आर्थिक वर्षमा तीन करोड ७२ लाख ३४ हजार रुपैंया खुद नाफा कमाएको थियो । उसले खुद नाफा ३४.५४ प्रतिशतले बढाएको हो । उसको चुक्ता पूँजी सात करोड २५ लाख रुपैंया छ ।

२० करोड रुपैंया चुक्ता पूँजी रहेको फरवार्डले अघिल्लो आर्थिक वर्षमा १७ करोड ३० लाख दुई हजार रुपैंया खुद नाफा गरेको थियो । समीक्षा अवधिमा फरवार्डको खुद नाफा ४४.९० प्रतिशतले खुद नाफा बढाएको हो ।

फरवार्डको चुक्ता पूँजी भन्दा खुद नाफा धेरै भएका कारण प्रतिसेयर आम्दानी एक सय २५ रुपैंया ३४ पैसा कायम भएको छ । अघिल्लो आर्थिक वर्षमा साधारण निष्काशन नगर्दै उसको प्रतिसेयर आम्दानी एक सय २३ रुपैंया ५७ पैसा थियो । उसले गत आर्थिक वर्षमा नै छ करोड रुपैंया बराबरको छ लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।

उता समिटको खुद नाफा बढ्दा प्रतिसेयर आम्दानी ६९ रुपैंया १० पैसा कायम भएको छ । अघिल्लो आर्थिक वर्षमा पाँच करोड चुक्ता पूँजी हुँदा समिटको प्रतिसेयर आम्दानी ७४ रुपैंया ४६ पैसा थियो । यस आधारमा पूँजीमा भएको वृद्धि अनुसार समिटले प्रतिसेयर आम्दानी सन्तुलन गनै नसकेको देखिन्छ ।

फरवार्डको जगेडा कोषमा ५९ करोड ९७ लाख ८३ हजार रुपैंया सञ्चित हुँदा प्रतिसेयर नेटवर्थ दुई सय ७४ रुपैंया ५४ पैसा छ । समिटको जगेडा कोषमा आठ करोड १४ लाख ८२ हजार रुपैंया सञ्चित हुँदा प्रतिसेयर नेटवर्थ दुई सय १२ रुपैंया ३९ पैसा छ ।

फरवार्डको निष्कृय कर्जा अनुपात ०.२९ प्रतिशत छ भने मूल्य आम्दानी अनुपात ३०.८० गुणाले बढी छ । समिटको निष्कृय कर्जा अनुपात ०.३४ प्रतिशत रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.४३ गुणाले बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।