आइएमर्इ लाइफ इन्स्योरेन्सले कारोबार थाल्यो,सर्वसाधारणलाई ३० प्रतिशत सेयर

Aug 17, 2017 merolagani

आइएमर्इ लाइफ इन्स्योरेन्सले आज बिहीवारबाट औपचारिक रुपमा कारोबार सुरु गरेको छ । पछिल्लो चरणमा नयाँ लाइसेन्स पाउने १० जीवन बीमा कम्पनीमध्ये आइएमर्इ लाइफ इन्स्योरेन्स कारोबार थाल्ने पहिलो कम्पनी बनेको छ ।



एक अर्ब ४० करोड चुक्ता पूँजी र ३ अर्ब अधिकृत पूँजी राखेर कम्पनी सञ्चालनमा आएको हो । कम्पनीले बीमा समितिले तोकेको २ अर्ब चुक्ता पुँजी पुर्याउन ६० करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्नेछ । आवश्यक प्रक्रिया पूरा गरेर सर्वसाधारणका लागि सेयर जारी गरीने कम्पनीले जनाएको छ ।

आइपिओ जारी गरेपछि कम्पनीमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व कायम हुनेछ ।

कम्पनीमा आइएमइ समूह, भाटभटेनी, हाथवे इन्भेष्टमेन्ट र ती संस्थामा आवद्ध व्यक्तिहरुको व्यक्तिगत लगानी समेत रहेको छ । कम्पनीका संस्थापक चन्द्रप्रसाद ढकालका अनुसार कम्पनीमा आईएमई समूह र सो समूहमा आबद्ध व्यक्ति तथा संस्थाको ४० प्रतिशतभन्दा बढी स्वामित्व रहेको छ ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा रामहरि अर्याल रहेका छन् भने सञ्चालकहरूमा अश्विनी आचार्य, ईश्वर कार्की, दीपक पोखरेल र दीप रेग्मी छन् ।

कम्पनीको केन्द्रीय कार्यालय लौनचौर काठमाडौँमा रहनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।