सिटिजन्स बैंकको आठ अर्ब लक्ष्य,कति प्रस्ताव गर्यो बोनस ?

Aug 17, 2017 merolagnai

सिटिजन्स बैंक इन्टरनेसनल (CZBIL) ले १६ प्रतिशत बोनस सेयर वितरण गरेर आठ अर्ब चुक्तापूँजी पुर्याउने भएको छ । विहीबार बसेको बैंक संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १६ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांस वितरण गर्ने  निर्णय गरेको हो ।

 

प्रस्तावित लाभांस राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

बैंकले गत आर्थिक वर्षमा एक अर्ब २१ करोड रुपैंया खुद नाफा कमाएको थियो ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ९२ करोड  छ । बोनसपछि बैंकको पूँजी आठ अर्ब ३ करोड पुग्नेछ ।

गत आर्थिक बर्षको वित्तीय विवरण अनुसार बैंकको प्रतिसेयर आम्दानी १७ रुपैंया ४८ पैसा छ । बैंकको पूँजीकोष अनुपात १६.९१ प्रतिशत, निष्कृय कर्जा अनुपात १.२८ प्रतिशत, प्रतिसेयर नेटवर्थ १३६.५१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३.०५ गुणा छ ।

सिटिजन्स बैंकको प्रतिसेयर आम्दानीमा किन आयो यति धेरै गिरावट ?

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।