एभरेष्ट बैंकको वास्तविक प्रतिसेयर आम्दानी कति ?

Aug 18, 2017 merolagani

एभरेष्ट बैंकको कमाई चुक्तापूँजी वृद्धिको अनुपातमा बढ्न नसक्दा प्रतिसेयर आम्दानीमा गिरावट आएको छ ।बैंकले आफ्नो वित्तीय विवरणमा प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ७८ पैसा देखाएपनि यसको वास्तविक प्रतिसेयर आम्दानी अझै कम हुने देखिन्छ ।



बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक बर्षमा ६५ रुपैयाँ ९७ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी यसपाली ४३ रुपैयाँ ७८ पैसामा झरेको छ । बैंकले आफ्नो वित्तीय विवरणमा चुक्तापूँजी ५ अर्ब ७४ करोड रुपैयाँ देखाएको छ। यो पूँजीलाई आधार मान्दा पनि बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ५२ पैसा हुनुपर्ने हो । तर बैंकले प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ७८ पैसा देखाएको छ । बैंकले हकप्रदबाट थपिएको पूँजीलाई गणना नगरी प्रतिसेयर आम्दानी देखाएको हो ।

बैंकले संस्थापक सेयरधनीहरुले हकप्रदबापत गरेको अग्रिम भुत्तानीलाई पूँजीकृत गराएर चुक्तापूँजी ५ अर्ब ७४ करोड रुपैयाँ देखाएको छ। जसमा साधारण सेयरधनीहरु मार्फत आउने पूँजी गणना गरिएको छैन । बैंकले असार १८ गतेदेखि साउन २२ गतेसम्म ३३.३३ प्रतिशत हकप्रद बिक्री गरेको थियो।

हकप्रद बापत साधारणसेयरधनी मार्फत आउने पूँजी समेत गणना गर्दा बैंकको चुक्तापूँजी ६ अर्ब एघार करोड ५२ लाख रुपैयाँ पुग्छ । यसो हुँदा बैंकको वास्तविक प्रतिसेयर आम्दानी अझै घटेर ३२ रुपैयाँ ४० पैसा हुन आउने देखिन्छ ।

गत आर्थिक बर्षमा ७० प्रतिशत बोनस वितरण र ३३ प्रतिशत हकप्रद बिक्री गरेर पूँजी बढाएको बैंकको नाफा पूँजी वृद्धिको अनुपातमा बढ्न नसक्दा प्रतिसेयर आम्दानीमा गिरावट आएको हो ।

एभरेष्टले गत आर्थिक बर्षमा एक अर्ब ९८ करोड रुपैयाँ नाफा गरेको छ । एभरेष्टको नाफा अघिल्लो बर्षको यसै अवधिको तुलनामा १४.५० प्रतिशत बढी हो । अघिल्लो बर्ष बैंकले एक अर्ब ७३ करोड रुपैयाँ नाफा गरेको थियो।

बैंकले जगेडाकोषमा ५ अर्ब ८८ करोड रुपैयाँ राखेको छ । बैंकले यसअवधिमा ९५ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरि ७८ अर्ब २८ करोड रुपैयाँ ऋण लगानी गरेको छ।

बैंकको पूँजी कोष अनुपात १४.८५ प्रतिशत, बैंकको खराब कर्जा ०.५१ प्रतिशत छ । बैंकले प्रोभिजनमा १२ करोड २४ लाख रुपैयाँ राखेको छ भने ४ करोड ३३ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।