धनकुटाको एउटा विकास बैंकले गत आर्थिक वर्षमा के गर्यो ?

Aug 21, 2017 Merolagani

धनकुटामा मुख्य कार्यालय रहेको काबेली विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा दुई करोड ६० लाख ३२ हजार रुपैंया खुद नाफा कमाएको छ । आठ करोड ४२ लाख ११ हजार रुपैंया चुक्ता पूँजी रहेको बैंकले मर्जर वा विलयबाट मात्र राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउने बताए पनि अहिलेसम्म कुनै प्रकृयामा गएको छैन ।

बैंकले अघिल्लो आर्थिक वर्षमा दुई करोड ३४ लाख ५५ हजार रुपैंया खुद नाफा कमाएको थियो । बैंकको जगेडा कोषमा चार करोड ९८ लाख ९६ लाख रुपैंया सञ्चित छ । अहिले ५० प्रतिशत हकप्रद निष्काशन गरिरहेको बैंकको हकप्रद पश्चात चुक्ता पूँजी ११ करोड ९३ लाख रुपैंया पुग्छ ।

प्रतिसेयर आम्दानी ३० रुपैंया ९१ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ एक सय ५८ रुपैंया ९६ पैसा छ । आफैंले ५० करोड पूँजी पुर्याउन नसक्ने भएकाले मर्जर वा विलयमा जनै पर्ने हुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।