सिद्धार्थ बैंकको २ लाख ५३ हजार कित्ता सेयर लिलामीमा

Aug 22, 2017 merolagani

सिद्धार्थ बैंकले संस्थापक र सर्वसाधारण समूहको गरी कुल २ लाख ५३ हजार ९२२ कित्ता सेयरको लिलामी मंगलबारदेखि खुला गरेको छ । बैंकले संस्थापक समूहको १३ हजार ५५०  कित्ता र सर्वसाधारण समूहको २ लाख ४० हजार ३७१ कित्ता सेयर लिलामीमा ल्याएको हो ।

सिद्धार्थ बैंकले गत जेठ २५ देखि असार २८ गतेसम्म ३० %  हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर अहिले लिलामी गर्न लागेको हो ।

इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय, नारायणचौर नक्सालमा पुग्ने गरी बोलपत्र फारम पेस गर्नुपर्नेछ ।

लगानीकर्ताले भदौ ६ गतेदेखि १४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ तथा १०० कित्ताका लागि बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले अधिकतम कित्ताका लागि कुनै हद नतोकिएकाले बिक्रीमा राखिएको सम्पूर्ण कित्ताका लागि आवेदन गर्न सक्नेछन् ।

बोलपत्र भदौ १५ गते बिहान ७ बजे सिद्धार्थ क्यापिटलमा खोलिने कम्पनीले जनाएको छ । ।

बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ४१ करोड ८० लाख ६ हजार रुपैयाँ खुद नाफा छ । बैंकको चुक्ता पुँजी ६ अर्ब ६२ करोड ८८ लाख ७९ हजार रुपैयाँ छ । सिद्धार्थको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ३९ पैसामा र प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ५४ पैसा छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।