एन.बि इन्स्योरेन्सले भदौ १५ देखि २८ हजार ५८० कित्ता सेयर लिलामी गर्ने

Aug 22, 2017 merolagani

एन.बि. इन्स्योरेन्स कम्पनीले भदौ १५ गतेदेखि २८ हजार ५८० कित्ता सेयर लिलामी गर्ने भएको छ । कम्पनीको लिलामी सेयरमा इच्छुकले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल जमलमा भदौ २२ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

एन.बि. इन्स्योरेन्सले गत असार ५ गतेदेखि साउन ९ गतेसम्म २७ लाख कित्ता हकप्रद सेयरमा अवितरित सेयर लिलाम गर्न गर्न लागेको हो । लिलामी सेयरमा न्यूनतम एक सय कित्ता र दशले भाग जाने गरी अधिकतम सबै कित्ताका लागि आवेदन गर्नसक्ने व्यवस्था रहेको छ । 

प्राप्त बोलपत्र भदौ २३ गते दिउँसो ३ : ३० बजे ग्लोबल आइएमई क्यापिटल जमलमा खुला गरिने क्यापिटलले जनाएको छ ।

हकप्रद बिक्रीपश्चात कम्पनीको चुक्ता पूँजी ५४ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा इन्स्योरेन्सले १० करोड नौं लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ३९ पैसा कायम गरेको छ ।

एन.बि. इन्स्योरेन्सको सेयर मंगलबार प्रतिकित्ता १३०० रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।