आठ अर्ब लक्ष्य पूरा गर्न मेगा बैंकले रोज्यो हकप्रदकै बाटो

Aug 25, 2017 merolagnai

राष्ट्र बैंकले तोकको आठ अर्ब चुक्तापूँजी पुर्याउने क्रममा अन्तत मेगा बैंक (MEGA) ले हकप्रदकै बाटो रोजेको छ । टुरिज्जम डेभलपमेन्ट बैंकसँग मर्जरको सम्झौता गरेको बैंकले मर्जर प्रक्रियाको टुङ्गो नलाग्दै ६५ प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ ।



बैंकले भदौ २७ देखि असोज ३० गतेसम्म चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । बैंकको चुक्ता पूँजी ४ अर्ब ५८ करोड रुपैयाँ छ । ६५ प्रतिशत हकप्रदपछि चुक्ता पूँजी ७ अर्ब ५६ करोड पुग्नेछ ।

हकप्रद पछि अपुग पूँजी बैंकले गतबर्षको बोनसबाट पुर्याउने देखिन्छ । बैंकले गत बर्ष ७९ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो उसको जगेडा कोषमा एक अर्ब २८ करोड रुपैयाँ छ ।

टुरिजम डेभलपमेण्ट बैंकलाई गाभ्ने प्रक्रियामा रहेको मेगााको टुरिजमलाई समेत गाभ्दा चुक्ता पूँजी नौ अर्ब बढी पुग्ने देखिन्छ । बैंकले टुरिजम डेभलपमेन्ट बैंक बिच एक आपसमा गाभ्ने र गाभिने सम्बन्धमा सैद्धान्तिक सहमति भएपछि शेयर कारोबार गत माघ ९ गतेदेखि रोक्का छ।

बैंकले २०७३ माघ ६ गतेसम्म कायम भएका शेयरधनीले हकप्रदमा आवेदन दिन पाउने छन । टुरीजम बैंकसँग मर्जर सम्झौता गरेपछि बैंकको गत माघ ९ गतेदेखि सेयर कारोबार रोक्का भएको थियो । यसबीचमा सेयर नामसारी तथा दाखिल खारेज हुँन बाँकी रहेका शेयरधनीले पनि भदौ १६ गतेसम्म प्रकृया पूरा गरेर हकप्रदमा आवेदन गर्न सक्नेछन ।

बैंकको हकप्रद शेयरको आवेदन नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्साल, मेघा बैंककको केन्द्रीय तथा सम्पुर्ण शाखा कार्यालयहरुबाट दिन पाइने छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।