हिमालयन जनरल इन्स्योरेन्सको १६६ प्रतिशत हकप्रद छुटाउनु त भएन ! अाज अन्तिम माैका

Aug 25, 2017 merolagani

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी (HGI)  गत असार २८ गतेदेखि निष्काशन गरेको १६६ प्रतिशत हकप्रद भर्ने शुक्रबार अन्तिम दिन हो । कम्पनीले निर्धारण गरेको हकप्रद भर्ने म्याद यसअघि साउन ३१ गते सकिएपनि १० दिन थप गरेको थियो ।

हिमालयन जनरल इन्स्योरेन्सले १६६.६७ प्रतिशत बराबरको एक सय रुपैयाँ दरको ६४ लाख २० हजार कित्ता हकप्रद सेयर हकप्रद जारी गरेको हो ।

असार १५ गतेसम्म कायम रहेका सेयरधनीले इन्स्योरेन्सको हकप्रदमा आवेदन दिन पाउनेछन् ।  एनएमबि क्यापिटल नागपोखरी र एनएमबि बैंकको शाखाहरु सूर्यबिनायक भक्तपुर, कुमारीपाटी ललितपुर, तीन दोबाटो बनेपा, ट्राफिक चोक बुटवलबाट सेयरधनीले हकप्रदमा आवेदन गर्न सक्नेछन्

त्यस्तै, एनएमबि बैंकको अन्य शाखाहरु महेन्द्रपथ धरान, रंगेली रोड विराटनगर,सुर्खेतरोड नेपालगञ्ज, बसपार्करोड धनगढी, न्यूरोड पोखरा, आदर्शनगर वीरगञ्ज, नारायणगढ चितवन, भानुचोक जनकपुर र बिर्तामोड झापाबाट समेत हकप्रदमा आवेदन गर्न सकिने क्यापिटलले जनाएको छ ।

हाल ३८ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयनको हकप्रद सेयर बिक्री  पश्चात बीमा समितिले तोकेको सीमा भन्दा बढि एक अर्ब दुई करोड रुपैयाँ नाघ्नेछ । कम्पनीले गत आर्थिक बर्षमा १३ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३४ रुपैयाँ २७ पैसा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।