नेशनल लाईफ इन्स्योरेन्सद्वारा रौतहटका बाढी पीडितलाई राहत वितरण

Aug 25, 2017 merolagani

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी (NLICL) ले रौतहट जिल्लाका ३०० जना घरपरिवारलाई राहत सामाग्री वितरण गरेको छ । कम्पनीले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत उक्त राहत वितरण गरेको हो ।

नेशनल लाइफले एक साता अघि तराईमा आएको महा विनाशकारी बाढीद्वारा रौतहट  जिल्लाका विभिन्न गाविसहरु डुबानमा परी घरबार विहिन भएका बाढी पीडितहरुलाई राहत स्वरुप चामल, दाल, आलु, नुन, गेडागुडि, चिउरा आदि वितरण गरेको हो ।

कम्पनीले गौर शाखा मार्फत उक्त राहत सामाग्री पीडितहरुको घर आँगनमै पुगी वितरण गरिएको जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।