प्रिमियर इन्स्योरेन्सको ३७ औ शाखा दमकमा

Aug 27, 2017 MEROLAGNAI

प्रिमियर इन्स्योरेन्स कम्पनी (PIC) ले झापाको दमकमा आफ्नो ३७ औ शाखा विस्तार गरेको छ । उक्त शाखाको आइतबार दमक नगरपालीका प्रमुख रोमनाथ ओलीले उद्घाटन गरे ।



प्रिमियर इन्स्योरेन्सको पुर्वाञ्चलमा खोलिएको यो चौथो शाखा हो । सो अवसरमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्यायले दमक शाखाले आफ्नो सेवा लाइ अझ विस्तारीत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

कम्पनीले गत आर्थिक बर्षमा एक अर्ब ३५ करोड पचासी लाख विमाशुल्क संकलन गरेर र अठार करोड खुद मुनाफा आर्जन गरेको छ ।

कम्पनीको चुक्ता पुँजी ४४ करोड ८५ लाख रुपैयाँ छ । यसको जगेडा कोषमा १२ करोड रुपैयाँ रहेको छ भने बीमा कोषमा ३२ करोड ९८ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी ४० रुपैयाँ ४७ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ २०६ रुपैयाँ ९८ पैसा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।